पदकको इज्जत जोगाउने परमुल बस्नेत जो बाँकेमा लोपन्मुख मौरी संरक्षण गरिरहेका छन्


नेपालगन्ज -अति नै दुर्लभ अवस्थामा पुगेको पुत्काको मौरीको संरक्षणमा जुटेका कोहलपुर ११ का परमुल बस्नेतलाई संघीय सरकारले समाजसेवा रत्न पदकबाट विभूषित गरेको छ । संविधान दिवशको अवसरमा उनलाई विभूषित गर्ने निर्णय गरिएको हो ।

बसपार्क वनवाटिका निवासी ५१ वर्षीय बस्नेत नेपाली सेनाका सेवानिवृत्त सुवेदार हुन् । २० वर्ष सेनाको जागिर खाएका उनी अहिले माहुरीपालक कृषकका रुपमा परिचित छन् ।

अन्य जातका माहुरीसँगै उनले लोपोन्मुख पुत्काको मौरी पनि पालिरहेका छन् । पुत्का मौरी अत्यन्तै सानो र डंकरहित मौरी हो । यो मौरी बाँके बर्दियाको निकुञ्ज क्षेत्रमा पाइने भए पनि अहिले लोप हुने अवस्थामा पुगेको छ । यसको संरक्षणको लागि अहिलेसम्म कसैबाट ठोस पहल भएको छैन ।

हेर्दा झिंगा जस्तो देखिने अत्यन्तै सानो तर मौरीको वर्गमा पर्ने पुतको मौरी समुन्द्र सतहदेखि १ हजार फिटसम्मको उचाईमा रहेका जंगलको विभिन्न जातका रुखका टोड्कामा पाइन्छ ।

स्थानीय थारु भाषामा पुत्का मौरीलाई ‘मगरासा’ भनिन्छ । यो जातको मौरीको बैज्ञानिक नाम ‘मेलिपोना’ हो । यो मौरीको मह अत्यन्तै बहुउपयोगी र बहुमूल्य मानिन्छ । बस्नेत विगत ५ वर्षदेखि यो मौरीको संरक्षणमा लागेका हुन् । उनीसँग यस मौरीको ५ वटा घार रहेका छन् ।

प्रकाशित मितिः     ३ आश्विन २०७८, आईतवार १९:१०  |