नेपालगन्जका क्यासिनो पुरानै लयमा फर्किदै


फाईल तस्विर

बाँके । भारतीय पर्यटकलाई लक्षित गर्दै पर्यटन क्षेत्रमा लगानी ओइरिएको नेपालगन्जमा क्यासिनो सिटीको रुपमासमेत चिनिएको छ । नेपालगन्जमा सञ्चालित तीन तारेदेखि लिएर पाँच तारे वर्गसम्मको होटलले क्यासिनो सन्चालन गरिरहेका छन्।

हाल सोल्टी र सिद्धार्थमा क्यासिनो सन्चालन भइरहेको छ ।

सञ्चालनमा रहेका तारे होटल सिटी प्यालेस, होटल कलपत्रु लर्ड्स इन, होटल सिग्नेट इन कृष्णा, क्यासिनो सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरिसकेका छन् । स्नेह होटलमा पहिले र अहिले होटल डिम ल्याण्डबाट पहिलेबाटै क्यासिनो छ । लगातार दुईपटक लकडाउन झेलेका क्यासिनो सरकारको नयाँ नीतिसंग सन्चालनमा आएका छन् । भारतीय क्यासिनो पर्यटकहरु नेपालगन्ज आइरहेका छन् ।


जंगल सफारीको लागी विश्व प्रसिद्ध बर्दिया, प्राकृतिक सुन्दरताको लागि मुगुको रारा ताल र धार्मिक पर्यटनको लागि मानसरोवर भारतीय पर्यटकलाई भित्र्याउने मुख्य आकर्षण हुन् । तारे होटलसँगै क्यासिनो सञ्चालनले पर्यटकको बसाई लम्ब्याउन र खर्च बढाउन उपयोगी हुने होटल व्यवसायीको भनाई छ ।

प्रकाशित मितिः     ५ आश्विन २०७८, मंगलवार ०९:२४  |
error: Content is protected !!