बर्दियाका युवकले नयाँ मोटरसाइकल किने, त्यो भन्दा धेरै उपहार पाए


नेपालगन्ज- बर्दिया, मधुवन नगरपालिका–६ का अमृत चौधरीले फोर्टनाइट बम्परको रुपमा सुजुकी इन्ट्रयुडर मोटरसाइकल जितेका छन् । नेपालगन्जस्थित नेपाल ट्रेड च्यानलबाट सुजुकी जिक्सर १५० डीडी मोटरसाइकल किनेका चौधरीले मोटरसाइकलको मूल्यभन्दा बढी बम्पर उपहार पाएका हुन् ।

उनले जिक्सर डीडी मोटरसाइकल २ लाख ८३ हजार ९ सय रुपैयाँमा किनेका थिए भने अब पाउने सुजुकी इन्ट्रयुडरको मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ छ । नेपालका लागि सुजुकी मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले फेसबुक लाइभमार्फत सार्वजनिक गरेको उक्त बम्परमा चौधरीले सो मोटरसाइकल जितेका हुन् ।


भीजी अटोमोबाइल्सले हाल चाडपर्वको अवसरमा ‘दशै आयो उमंग छायो क्यासब्याक र बम्पर पायो’ नामक अफर ल्याएको छ ।
यस अन्तर्गतका सुजुकीका कुनै पनि बाइक र स्कुटर किन्दा १० हजार रुपैयाँ स्योर सट डिस्काउन्ट पाइने छ । त्यसैगरी १ वर्षसम्म सडक दस्तुर छुट पाइने छ भने फोर्टनाइट बम्पर अन्तर्गत प्रत्येक १५ दिनमा एक जना विजेतालाई सुजुकी इन्ट्रयुडर बाइक उपहारको रुपमा प्रदान गरिने छ ।

फोर्टनाइट बम्परको विजेता हरेक दोस्रो हप्ता भीजी सुजुकी नेपालको अफिसियल फेसबुक पेजमार्फत लाइभ छनोट गरिने बताइएको छ ।
यसरी सुजुकी इन्ट्रयुडर मोटरसाइकल प्राप्त गर्ने चौधरी पहिलो ग्राहक हुन् । आगामी दिनमा अन्य ग्राहकले समेत यो मोटरसाइकल प्राप्त गर्ने भीजी अटोमोबाइल्सले जनाएको छ ।

प्रकाशित मितिः     ५ आश्विन २०७८, मंगलवार १६:१४  |
error: Content is protected !!