बाँके र बर्दियामा आज केपी शर्मा ओलीको सम्बोधन, यस्तो छ तयारी


नेपालगन्ज – पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकैदिन बाँके र बर्दियाका कार्यकर्तालाई सम्बोधन गर्दै छन् । लामो समयको अन्तरालपछि अध्यक्ष ओली नेपालगन्ज आउन लागेका हुन । उनलाई नेपालगन्जमा भव्य स्वागतको तयारी गरिएको
छ ।

पूर्व प्रधानमन्त्री ओलीलाई नेपालगन्ज विमानस्थल देखि बर्दियाको कार्यक्रम र त्यहाँबाट पुनः नेपालगन्ज सम्म युवा संघले स्कटिङ गर्ने छ ।

अध्यक्ष ओलीलाई नेपालगन्ज विमानस्थलमा भव्य स्वागत सहित युवा संघ नेपालले सयौं युवाको उपस्थितिमा बर्दियासम्म मोटरसाइल र्‍यालीको व्यवस्था गरिएको राष्ट्रिय युवा संघका केन्द्रीय सचिव रबिन्द्र लम्सालले जानकारी दिए ।

नेपालगन्जमा हुने भेलाको लागि नेकपा एमाले र जनसंगठनले व्यापक तयारी गरेका छन् ।

रााष्ट्रिय युवा संघ नेपाल , अनेरास्ववियु, प्रेस चौतारी नेपाल , अनेमसंघ लगायतका संगठनको वैठक बसी आवश्यक सहयोग र समन्वयको निर्णय गरेका छन्।

दिउसो १ बजे सिद्वार्थ भ्यूमा हुने भेलामा पार्टीका नेता कार्यकर्ता र संगठित सदस्यहरुलाई आमन्त्रण गरिएको एमाले बांकेका अध्यक्ष निरक गुरुङले जानकारी दिए ।

प्रकाशित मितिः     ६ आश्विन २०७८, बुधबार ०६:४०  |