नव उद्यमीलाई प्रोत्साहन गर्दै उपमहानगर, लगाए हाट बजार


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका परिसरमा मंगलबार नव उद्यमी हाट बजार तथानेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका परिसरमा मंगलबार नव उद्यमी हाट बजार तथा प्रदर्शनी गरिएको छ ।
नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिरहेको उपमहानगरपालिकाले प्रशिक्षण दिइएका १४ जना नव उद्यमी र अन्य ६ जनाले हाट बजारमा आफ्नो बस्तु तथा सेवाको प्रदर्शन गरेका हुन् ।
उपमहानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्ण जोशीका अनुसार, हाट बजारको उद्देश्य उद्यमीहरुलाई आ–आफ्नो बस्तु, सेवा तथा ग्राहकहरुको बारेमा अझ राम्रोसँग अवगत गराउनु र नव उद्यमीहरु लगायत साझेदारहरु निकायसँग जोडी न्यूनतम शुरुवाती बस्तु उत्पादन सेवा र योजनाहरुलाई लक्षित दर्शकसामु प्रदर्शन गराउनु रहेको छ ।
उपमहानगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, साझेदारी विकास कार्यक्रम र नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रमका माध्यमबाट सीपमा आधारित साना, मझौला उद्यमीहरुलाई नयाँ अवसरहरु सृजना गरेको छ । यो कार्यक्रमका लागि दश लाख रुपैया खर्च गरिदैछ प्रदर्शनी गरिएको छ ।
नव उद्यमशाला कार्यक्रम सञ्चालन गरिरहेको उपमहानगरपालिकाले प्रशिक्षण दिइएका १४ जना नव उद्यमी र अन्य ६ जनाले हाट बजारमा आफ्नो बस्तु तथा सेवाको प्रदर्शन गरेका हुन्  ।

प्रकाशित मितिः     १२ आश्विन २०७८, मंगलवार १६:४८  |