फार्मेसी चेन बिस्तार गर्दै सुशान्त मुरारका,भन्छन्-गुणस्तरमा कहिल्यै सम्झौता हुँदैन


नेपालगन्ज –सुशान्त मुरार्काका हजुरबुवा बनारसीलाल जनकपुरका कहलिएका व्यापारी ! हजुरबुवाले शुरु गरेको पुर्खौली व्यवसाय गार्मेन्ट, खाद्यन, इट्टा उद्योग लाई बुवा र काकाहरुले निरन्तरता दिइ रहेका थिए । ब्यापार ब्यबसाय राम्रैसंग चलि रहेको थियो । ब्यापारिक घरानाका तेस्रो पुस्ता हुन् सुशान्त ।

सुशान्त उच्च शिक्षाका लागि अष्टे««लिया जाने सुरसार कस्दै थिए । सन २००६ तिर उनी पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालय धनुषा पुगे । पासपोट बनाउनका लागि बुवाले सहमती दिनु भएन । घरको एक्लो छोरो उच्च शिक्षाका लागि अष्टे«लिया गयो भने उतै सेटल हुन्छ कि भन्ने डर थियो बुवालाई ।

पासपोर्ट नै नबने पछि सुशान्तको अष्टे«लिया जाने सपनामा ब्रेक लाग्यो । तर सुशान्तले हार मानेन् । आमाले दिएको दुई हजार लिएर काठमाण्डौं हानिए । काठमान्डौमा टिक्न निक्कै गाहे थियो । साथीको डेरामा बसेर सुशान्तले जागिर खोजे । भर्खरै नेपालमा ब्यबसाय सुरु गरेको आएको मार्केनटायल कम्युनिकेशन प्रालिमा जागिर सुरु गरे ।

मासिक सात हजारबाट जागिर सुरु गरेका सशान्तले दुई वर्ष जागिरे जिवन बिताए । जागिर संगै काठमान्डौ बिश्व बिद्यालयबाट एमबिएको पढाई पुरा गरे । एमबिए पुरा गरे पछि आफै ब्यबसाय गर्नु पर्छ भन्ने सोचले जागिर छाडे । २ बर्ष जागिर गर्दा जागिरे जीवन कस्तो हुन्छ भन्ने राम्रोसंग अनुभुती गर्न पाए । काम गर्दा मैले कहिल्यै सानो काम गरेको छु भन्ने सोंचिन ।’

त्यही संघर्ष र मेहेनतका कारण यि मारवाडीले युवा ३८ वर्षको उमेरमै नेपालमा रु १ अर्ब बराबरको वार्षिक औषधि र फुड सप्लिमेन्ट्रीको कारोवार गरिरहेका छन्, त्यो पनि पुख्र्यौली सम्पत्ति नलिइकनै आफ्नै कमाईबाट ।

सुशान्तले सन २००९ मै दिल्लीबाट ब्यापारिक कारोबार सुरु गरेका थिए । एक जना आफन्तसंग मिलेर उनले दिल्लीबाट बगंलादेश र श्रीलंकामा फुड सप्लिमेन्ट्रीका सामाग्री निर्यात गरे । ब्यबसाय राम्रै संगै चलि रहेका बेला निर्यात सम्बन्धी झमेलाहरु थपिदै गए । दिल्लीमा करिब ३ बर्ष ब्यबसाय गरेको अनुभब र कमाएको केहि लाख लिएर सुशान्त २०१२ मा नेपाल फर्किए । भारतका बिभिन्न औषधी कम्पनीका

उत्पादनहरु नेपालमा आयात गरेर ब्यबसाय सुरु गरे ।  औषधी कारोबारमा अनुभब थिएन । भारतबाट नगदमा औषधी किनेर उधारोमा बिक्री गरे । तै पनि धेरै औषधीहरु बिक्री नभएर एक्सपाएर भयो । बर्ष भर मेहनत गर्दा पनि नाफा कमाउन हम्मे हम्मे पर्यो । तर उनले हिम्मत हारेनन । तीन बर्षको निरन्तर प्रयास पछि उनको कम्पनीले नाफा कमाउन सुरु गर्यो । त्यस पछि भने उनको कारोबारले निरन्तर छलाङ मारि रहेको छ । दिल्लीबाट फर्किएर काठमान्डौ फर्किएर आफन्तसंग सर सापटी गरेर करिब एक करोडको लगानीमा कारोबार सुरु गरेरका सुशान्तको कारोबार ७/८ बर्ष मै वार्षिक करिब १ अर्बको हाराहारीमा पुगेको छ ।


सुशान्तको काठमाण्डौंमा करपोरेट अफिस छ । ७७ वटै जिल्लाहरुमा उनको कारोबार छ । नेपाल स्कीन अस्पताल सहित काठमान्डौका ४ वटा र नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगन्ज र कोहलपुरमा गरेर ६ वटा अस्पतालहरुमा उनले फार्मेसी चलाई रहेका छन ।

बिदेशबाट गुणस्तरीय औषधी आयात गरि रहेका सुशान्तको आमामी योजना भने देशै भर फार्मेसी चेन चलाउने छ ।
सुशान्त भन्छन —फार्मेसी चेनले कम्पनीको कारोबार दिगो हुन्छ । उपभोक्ताहरुले पनि सहज रुपमा सुपथ मुल्यमा गुणस्तरिय औषधी पाउन सक्छन ।

दिल्लीको श्रीराम कलेज अफ कर्मशमा बिकम पढ्दा देखि नै पार्ट टाइम जागिर गरेर करियर सुरु गरेका सुशान्तले करिब दुई सय जनालाई रोजगारी दिएका छन ।

सुशान्त भन्छन्–‘हरेका बुवाआमाले एक्लो छोरो आफ्नै देशमा बसोस् भन्ने चाहाना राख्नु गलत थिएन । बुवाले नराम्रो सोचेर त्यो बेला मलाई पासपोर्ट बन्न रोक्नु भएको होइन ।’

बिजनेशमा आएको बढोत्तरीसंगै सुशान्तका बुवाले पनि पुख्र्यौली बिजनेश छाडेर रिटायर्ड जीबन बिताई रहनु भएको छ । सुशान्त भने बिजनेशमा दिनरात खटिरहेका छन् । ‘बिजनेशमा नयाँ नयाँ टे«न्ड आएका छन् । नयाँ पुस्ताले नयाँ काम गर्न रुचाउँछन् । म त झन् एकै ठाउँमा बसेर काम गर्न नसक्ने भएकाले दौडधुप मै हुन्छु । पछिल्ला दिनहरुमा उनको धेरै दौडधुप काठमान्डौ, नेपालगन्ज,लखनउ र दिल्लीमा भई रहेको छ ।

औषधीको टे«ड बिजनेशमा जमेका सुशान्तलाई उनकी जिवनसंगनीले साथ दिइरहेकी छन् । काठमाण्डौंमा रहेर उनले बिजनेश हेरिरहेकी छन् । टे«ड बिजनेश गरिरहेका उनी उत्पादनमा कहिले लाग्छन् त ? त्यसका लागि योजना नबनाएका पनि होइनन् । उनले जग्गा समेत खरिद गरेर उत्पादनमा हात हाल्ने की भनेर सोचिसकेका छन् । औषधी उत्पादन निक्कै सम्बेदनशिल काम हो । सानो गल्तीले पनि लाखौको जीबन बर्बाद हुन सक्छ । औषधीको उत्पादन सुरु गर्नु भन्दा पनि गुणस्तरिय उत्पादन हाम्रो लक्ष्य हो । सुशान्त भन्छन — हामीले अहिले अध्ययन अनुसन्धान मै केन्द्रित छौ । निकट भबिश्य मै निश्कर्षमा पुग्छौ ।

प्रकाशित मितिः     १६ आश्विन २०७८, शनिबार १०:५६  |
error: Content is protected !!