गृहजिल्लामा खेलकुदमन्त्री अथकलाई अभिनन्दन, खेलकुद विकासकाे प्रतिबद्धता


कोहलपुर – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकलाई कोहलपुरमा स्वागत तथा अभिनन्दन गरिएको छ । नेकपा माओबादी केन्द्रले मन्त्री पदमा नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएका गहतराजलाई स्वागत तथा अभिनन्दन गरेको हो ।

कोहलपुरस्थित शहिद स्मृती भवनमा आयोजित कार्यक्रममा मन्त्री गहतराजका साथै सांसद पूर्णाकुमारी सुवेदी, नरेन्द्र न्यौपाने लगायत नेता, कार्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले कोहलपुरमा रहेको क्रिकेट मैदानलाई महिला क्रिकेट एकेडेमीका रुपमा विकास गरिने बताए । क्रिकेट मैदानको विकास गर्न आफु दिर्घकालिन योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।


नेपालगन्ज विमानस्थलमा ओर्लिए लगत्तै मन्त्री गहतराजलाई कार्यकर्ता तथा शुभेच्छुकले भब्य स्वागत गरेका थिए ।गहतराजलाई कार्यकर्ताले नेपालगन्ज विमानस्थलबाट कोहलपुरसम्म मोटरसाईकल र्यालीसहित स्कटिङ गरेका थिए । गहतराज नेकपा माओबादी केन्द्रका तर्फबाट बाँके क्षेत्र नम्बर १ का प्रतिनिधी सभाका सांसद हुन् ।

प्रकाशित मितिः     २७ आश्विन २०७८, बुधबार १९:४९  |
error: Content is protected !!