दिग्गज नेताहरु सहित एमाले प्रवेश गर्दै पशुपतिदयाल मिश्र


नेपालगन्ज- नेपालगन्जका दिग्गज राजनितिज्ञ पशुपतिदयाल मिश्र ठुलाे दलबल सहित औपचारिकरूपमा नेकपा एमाले प्रवेश गर्दै छन् । नेपालगन्जमा मिश्र व्यक्तिगतरुपमै राम्रो जनाधार भएका नेताकारुपमा परिचित छन् । उनकाे औपचारिक प्रवेशले एमाले बलियो बन्ने नेताहरु बताउँछन् ।

गत प्रतिनिधिसभाकाे चुनावमा मिश्र हृदयेश त्रिपाठिकाे समुहबाट सुर्य चिन्हबाट चुनाव लडेका थिए । बिजय नभएपनी उनले सम्मानजनक मत पाए । यसपटककाे कुनै न कुनै निर्वाचन लड्ने निश्चिति छ । मिश्र आफू मात्र होइन अन्य धेरै दिग्ग्ज नेताहरूलाई एमाले प्रवेश गराएर आफ्नो शक्ति देखाउदै छन् ।


मसिर १ गते एमाले अध्यक्ष केपी शर्मा ओलिको प्रमुख आतिथ्यतामा नेपालगन्जमा हुने भब्य कार्यक्रममा मिश्र पार्टी प्रवेश गर्नेछन । सो कार्यक्रममा पार्टी प्रवेश गर्न आफ्ना शुभेच्छुकलाई मिश्रले आह्वान गरेका छन् ।

प्रकाशित मितिः     २६ कार्तिक २०७८, शुक्रबार ०७:३४  |
error: Content is protected !!