बुटवलका १२ उद्योगी विरुद्ध राजश्व चुहावटको अभियोगमा मुद्दा,५ कराेड ५६ लाख बिगाे


बुटवल – रुपन्देही र यस आसपासमा बिभिन्न उद्योग संचालन गरिरहेका १२ जना उद्योगीहरु विरुद्ध राजश्व अनुसन्धान विभागले राजश्व चुहावतको अभियोगमा मुद्दा चलाएको छ ।

विभागले नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा रुपन्देही र यस आसपासमा उद्योग सञ्चालन गरिरहेका १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो । नक्कली अन्तशुल्कको स्टिकर टाँस्ने उद्योगीहरुमा अधिकांस रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक रहेका छन् ।

उनीहरूविरुद्ध विभागले पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी गरेको विभागले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । उद्याृग सञ्चालकहरुले अर्को उद्योगसँग मिल्दो नम्बरको नक्कली स्टिकर टाँस्ने देखि विभागले जारी गरेकै जस्तो फर्जी स्टिकर टाँसेर माल वस्तु बेच्ने गरेको विभागले आरोप लगाएको छ । केहि महिना अगाडि रुपन्देहीको सिद्धार्थनगर नगर क्षेत्रबाट करोड बढीको आन्तरिक राजश्व विभागको नक्कली स्टिकर बरामद भएको थियो ।

प्रकाशित मितिः     ३० कार्तिक २०७८, मंगलवार १८:१७  |