कोहलपुर – नेपालको सबैभन्दा जेठो बैंक नेपाल बैंकल लिमिटेडले आफ्नो वार्षिकोत्सव मनाएको छ । वि.स १९९४ सालमा श्री ३ जुद्ध शमशेरको पालामा स्थापना भएको नेपालको सबैभन्दा पुरानो बैंकल देशभर वार्षिकोत्सव मनाएको हो ।
बैंकको वार्षिकोत्सव बाँकेमा समेत मनाइएको छ । सो अवसरमा नेपालगन्जमा रहेको सिटी अफिस र कोहलपुर शाखाले सामाजिक कार्य गरेका छन् । उक्त अवसरमा नेपालगन्ज स्थित समाज विकास तथा प्रवद्र्धन विकास केन्द्रले सञ्चालन गरेको बालआश्रममा फलफूल तथा खाद्यन्न वितरण गरिएको छ ।
बैंकका सिटी अफिसका प्रबन्धक रुपेश श्रीवास्तवले वार्षिकोत्सवको अवसरमा बालश्राममा रहेका बालबालिकाहरुलाई फलफूल र खाद्यन्न वितरण गरिएको हो । उनका अनुसार गौरवमय इतिहास बोकेको नेपाल बैंक लिमिटेडले सामाजिक कार्य समेत गर्दे आएको छ ।
बैंकका कोहलपुर शाखाका प्रबन्धक दीपकराज ओली पनि वर्षेनी वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा असहाय तथा विपन्न नागरिकहरुलाई सहयोग गर्दै आएको बताउँछन् । राहत वितरण कार्यक्रमा बैंकका अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । सहयोग प्राप्त गरेपछि बालआश्रमले समेत आभार प्रकट गरेको छ ।