सुर्खेतमा क्षेत्र नं १ बाट पहिलाे पटक कांग्रेस जिल्ला सभापतिकाे सम्भावना


 

सुर्खेत । नेपाली कांगे्रसको शुक्रबार  हुने जिल्ला अधिवेशनमा सभापतिका आकांक्षीहरुको चर्चा शुरु हुन थालेको छ । सभापतिका लागि पूर्व जिल्ला पार्टी सचिव श्याम भारती, क्षेत्र नं १ का पूर्व क्षेत्रीय सभापति खड्क पोखरेल र वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदी, पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापा सर्वाधिक चर्चामा छन् ।

सुर्खेतको कांगे्रस राजनीतिमा विगतमा महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानी समूहबीच कडा प्रतिष्पर्धा हुने गरेको थियो । यसपटक क्षेत्रीय सभापतिसहित महाधिवेशन प्रतिनिधिमा थानी समूह क्लिन स्विप हुँदा खड्का पक्षलाई सभापति लगायतका पदका आकांक्षी मिलाउन हम्मेहम्मे छ ।

दुई समूहबीच मतदाताको भारी अन्तर हुनु र थानी समूहभित्र सभापतिको आफ्नै उम्मेदवार नहुँदा यसपटक सहजै जित्न सकिने हुँदा खड्का समूहमा आकांक्षी बढी देखिएका हुन । यद्यपि अहिलेसम्म महामन्त्री खड्काले कसलाई उम्मेदवार बनाउने भन्ने’ मुख खोलेका छैनन । खड्काले आश्वासन नदिएपछि आकांक्षीहरु सहमति जुटाउन आपसमा छलफल गरिरहेको नेताहरुले बताएका छन् ।


कांग्रेसको ईतिहासमा हालसम्म पनि १ नम्बर क्षेत्रले जिल्ला सभापति पाउन नसकेकाे कार्यक्रताको चित्त दुखाइलाई यसपटक महामन्त्री खड्काले मल्हम लगाउने आशा गरिएको छ । त्यसकारण पनि  १ नम्बर क्षेत्रका  पूर्व क्षेत्रीय सभापति खड्क पोखरेल जिल्ला सभापति हुनेमा उक्त क्षेत्रका कांग्रेसका नेता कार्यक्रता आशाबादी छन् । स्थानिय नेता भन्छन् – हामी अन्य ठाउँका नेताकाे बिराेधि होइन तर यसपटक भने हाम्रो क्षेत्रबाट जिल्ला हाक्ने अवसर पाउनुपर्छ ।

 

प्रकाशित मितिः     १० मंसिर २०७८, शुक्रबार ०७:१९  |
error: Content is protected !!