नेपालगन्जमा थपियो मार्ट, ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालन


नेपालगन्ज। नेपालगञ्जमा ‘गार्डेन मार्ट’ को १४ औं शाखा सञ्चालनमा ल्याइएको छ । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले आफना सदस्य र स्थानीय उपभोक्तालाई सर्वसुलभ रुपमा दैनिक उपभोग्यबस्तु उपलब्ध गराउन यो मार्ट सञ्चालनमा ल्याएको हो ।

पश्चिम नेपालको व्यावसायिक हवका रुपमा रहेको नेपालगञ्जमा शिवशिखर सहकारीले आफ्नै भवन किनेर यो मार्ट सञ्चालनमा ल्याएको सस्थाका अध्यक्ष केदारनाथ शर्माले बताए ।

अध्यक्ष शर्माका अनुसार हाल २ सय ८० जनाले यहाँ प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन् । यो वर्ष लक्ष्य अनुसार शाखा विस्तार भएको खण्डमा झण्डै १२ सयले प्रत्यक्ष रुपमा रोजगारी पाउने अध्यक्ष शर्माले बताए ।

मोफसलका ग्राहकलाई समेत एउटै छानामूनी आधुनिक किनमेलको अनुभव दिलाउने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएका हौं अध्यक्ष शर्माले भने, ‘हाम्रो मार्टमा उपभोक्ताले बाहिरका पसलहरुमा जसरी बार्गेनिङ गरिरहनुपर्दैन ।’

यो मार्टमा उपकार ब्रान्डल गायतका अन्य विभिन्न ब्राण्डका चामल, दाल, चिनी, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्री बिक्रीका लागि राखिएको छ ।

शिवशिखर बहुउद्देश्यीय सहकारी भएकाले बचत तथा ऋण संकलनका अतिरिक्त सेयर सदस्यलाई प्रत्यक्ष फाइदा पु¥याउने उद्देश्यले अन्य विभिन्न क्षेत्रमा समेत लागानी विस्तार गरिरहेको छ ।

उभोक्ताहरूले एउटै छानामुनि सुलभ मूल्यमा सवै किसिमका दैनिक उपभोग्य सामान किनमेल गर्न सकुन भन्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याएको हो ।

प्रकाशित मितिः     १२ मंसिर २०७८, आईतवार १३:५२  |