महाधिवेशनपछि संगठन बिस्तार अभियानमा एमाले


नेपालगन्ज – दलबल सहित अध्यक्ष केपी शर्मा ओलीको उपस्थितीमा नेकपा एमाले प्रवेश गरेका पशुतिदयाल मिश्र संगठन बिस्तारमा लागेका छन् ।

एमालेका पुराना पुराना नेता कार्यकर्तासंग अन्तरघुलन हुँदै आक्रमकरुप संगठन बिस्तारका लागि शहरदेखि गाउँमा खटिएका छन् ।

पार्टी प्रवेश कार्यक्रम तीन महिना सम्म निरन्तर जारी रहने बताउँदै एमाले केन्द्रीय सदस्य मिश्रले पार्टी प्रवेश कार्यक्रममा सबैलाई सहभागी हुन अनुरोध गरेका छन् ।

यतिबेला नरैनापुरक्षेत्रमा मिश्र सहित, केन्दीय सदस्य दिपा शर्मा, जिल्ला सचिव दिपा शर्मा लगायतका नेताहरु पार्टी प्रवेश कार्यक्रमको दौडधुपमा छन् ।

एमाले बाँकेका सचिव रत्न खत्रीले केही दिनमै नरैनापुरमा ठुलो संख्यामा कार्यकर्ता प्रवेशको कार्यक्रम राखिने जनाए । यस्तै एमाले केन्द्रीय सदस्य सुर्य ढकालले पार्र्टी प्रवेश कार्यक्रमलाई प्रभावकारीरुपमा अगाडी बढाउनेमा जोड दिएका छन् ।

 

प्रकाशित मितिः     २३ मंसिर २०७८, बिहीबार ११:४१  |