महिलालाई कृषि उपजको बजारीकरणमा सघाउन हेफरले किन्यो ४७ थान बोलेरो पिकअप


नेपालगन्ज -बाँके लगायतका जिल्लामा साना किसान दिगो विकास कार्यक्रममा महिलाहरुलाई सघाइरहेको हेफर इन्टरनेशनलले ४७ थान महिन्द्राको बोलेरो पिकअप किनेको छ। हेफर इन्टरनेशनल नेपाल साना किसानको दिगो विकासमा सघाइरहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो।

सन् २०१८–२१ मा ‘स्ट्रेन्थेनिङ स्मलहोल्डर्स इन लाइभस्टक भ्यालू चेन–२’ परियोजना अन्तर्गत मूल्य शृंखलामा आधारित बजार प्रणाली विकास तथा प्रवर्द्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य राखेको छ।

त्यही अन्तर्गत विभिन्न जिल्लाका किसानलाई सहयोग गरिरहेको छ। यो परियोजनाले १५६ स्थायी संकलन केन्द्र तथा ५२३ अस्थायी संकलन केन्द्र स्थापना गरी दूध, तरकारी तथा खसीको बजारीकरण गर्दै आएको छ।

त्यही बजारीकरणका लागि विभिन्न सहकारी संस्थालाई सवारी साधन दिँदै आएको छ। सहकारीले किसानबाट उत्पादित कृषि तथा दुग्ध पदार्थ बजारीकरणका लागि यो सवारी साधन उपयोग गर्नेछन्।

हेफरले महिन्द्राको अधिकृत बिक्रेता अग्नि इन्कर्पोरेटेडबाट यो बोलेरो किनेको थियो। कम्पनीले ४६ वटा बोलेरो हेफरलाई हस्तान्तरण गरिसकेको छ।

प्रकाशित मितिः     २३ मंसिर २०७८, बिहीबार १०:५८  |