नेपाल बैंकद्धारा कोहलपुरमा विद्यार्थीलाई वित्तीय साक्षरताबारे जानकारी


नेपालगन्ज २८ मंसिर – नेपाल बैंक लिमिटेड कोहलपुर शाखाले बित्तीय साक्षरता अभियानलाई विद्यालयसम्म पुर्याएको छ ।

कोहलपुर वडा नं. २ स्थित कृष्ण माध्यामिक बिद्यालयमा उक्त बैंकले वित्तीय साक्षरताका विषयमा विद्यार्थीहरुसंग अन्तरक्रिया गरेको छ ।

बैंकका शाखा प्रबन्धक दिपकराज ओली लगायतका कर्मचारीले वित्तीय साक्षरता, यसको आवश्यकता किन पर्छ भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

सोही अवसरमा नेपाल बैंकले आफ्ना सेवाग्राहीलाई प्रदान गर्ने सुविधाका विषयमा समेत जानकारी दिइएको थियो ।

प्रकाशित मितिः     २९ मंसिर २०७८, बुधबार ११:२०  |