अङ्ग्रेजी नयाँ बर्षको अवसरमा नेपालगन्जमा धमाधम सांगीतिक कार्यक्रम


नेपालगञ्ज । काेराेना कहरले गर्दा ठप्प नेपालगन्जका तारे हाेटलले अङ्ग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा विशेष कार्यक्रम गर्दै छ । सिद्धार्थ नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२२ को स्वागतार्थ इभको दिन ३१ डिसेम्बरमा विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । बिगतका वर्षहरुमा जस्तै यस वर्ष पनि चर्चित कलाकारहरुको साथमा कार्यक्रम गर्न लागेको हो ।

धमाधमधमाधमगायक प्रकाश सपुत, स्वपना सुमन र टोली, डीजे नानी (सुस्मिता महर्जन) र द क्वेस्ट ब्यान्ड सहितको सांस्कृतिक कार्यक्रम गर्न लागिएको होटलले जनाएको छ ।

कार्यक्रम सफल पार्न टुबोर्ग बियर र अम्बे स्टील शीर्र्ष प्रायोजनमा रहेका छन् भने सह–प्रायोजकमा रुस्लान भोड्का, ग्रान्ड मास्टर रम, प्रभु बैंक, सिद्धार्थ इन्स्योरेन्स र समिट एयर रहेका छन् ।
मेराे प्लानेट फन फनपार्कले पनि नयाँ बर्षमा विशेष कार्यक्रम गर्दै छ ।
प्रकाशित मितिः     १४ पुष २०७८, बुधबार १९:०४  |