नरैनापुरमा एमालेको शक्ति प्रदर्शन,रामकुमार दिक्षित सहित ठुलाे संख्यामा पार्टी प्रवेश


नेपालगञ्ज, पुस १७ । बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरि चार हजार बढि नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षित सहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराउनुभयो ।

संगठनात्मक रुपमा कमजोर नरैनापुर शनिबारदेखि मजबुत भएको एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताउनुभयो । सो अवसरमा महासचिव पोखरेलले पार्टी विरुद्धको घेराबन्दी लामो समय टिक्न नसक्ने बताउनुभयो । चार हजार २४५ जना एमालेमा प्रवेश गरेको दिक्षितले जानकारी दिनुभयो ।

लुम्विनी प्रदेशको विकट क्षेत्रको रुपमा रहेको नरैनापुरमा पछिल्लो समय एकपछि अर्को गरि विकासका पूर्वाधार पुगेको भन्दै उहाँले यसको नेतृत्व आप्mनो पार्टीले गरेको दावी गर्नुभयो ।

प्रकाशित मितिः     १७ पुष २०७८, शनिबार १८:०९  |