नेपालगञ्ज, माघ १४ गते । बाँकेको खजुरा गाउँपालिकाले घरबास र जग्गा बिहिन विपन्न परिवारका लागि सामुहिक आवास निर्माण गरेको छ ।
लुम्विनी प्रदेशका संस्थापक मुख्य मन्त्री तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार सामुहिक आवासको उद्घाटन गर्नुभयो । गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपतिले ५ वटा निर्माणाधिन रहेको र १६ घर निर्माण भईसकेको जानकारी दिनुभयो । निर्माण भएका घरमा विपन्न परिवार छनौट भई बस्न थालेका छन् ।
सामुहिक आवासको उद्घाटन गर्दै पुर्व मुख्यमन्त्री पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहलाई कमजोर बनाउन षडयन्त्र गरिरहेको दावी गर्नुभयो । कार्यक्रममा प्रतिनिधीसभा सांसद सुजिता शाक्य, प्रदेश सांसद बाबुराम गौतम, नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, मो. हारुन लगायतको सहभागिता थियो ।