खजुरामा पालिकाले बनायाे स्टिल ट्रस पुल,जाेखिमपूर्ण यात्राको बाध्यता हट्याे


नेपालगन्ज- खजुरा गाउँपालिका ७ सिन्दुरे स्थित जेठी नालामा निर्मित स्टील ट्रस पुलको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले सोमबार उदघाटन गरेका छन् ।

लामो समय काठको पुलबाट जोखिमपूर्ण यात्रा हुँदै आएकोमा उक्त कुराको मध्यनजर गर्दै खजुरा गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरेको हो । खजुरा गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकृत दिल बहादुर पौडेलका अनुसार उपभोक्ता समितिमार्फत १६ लाख ४७ हजार २६४ रुपैयाँ ४६ पैसा र रिजवान इन्जिनियरिंग ११ लाख ८७ हजार ३४३ रुपैयाँँ गरि २८ लाख ३४ हजार ६०७ रुपैयाँ ४६ पैसा लागतमा पुल निर्माण सम्पन्न भएको हो ।

 

वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खान प्राविधिक शाखा इन्जिनियर लगायत स्थानीयको उदघाटन कार्यक्रममा सहभागिता थियो ।

प्रकाशित मितिः     १८ माघ २०७८, मंगलवार १९:१३  |