नेपालगन्ज- नेकपा एमाले बाँकेले जिल्लामा हुने विकास निर्माण तथा सरकारी कार्यालयका सेवा प्रभावकारी बनाउन जाेडदार माग गरेकाे छ ।
विकास निर्माणका काममा ढिलासुस्ती नगर्न र जनतालाई समस्यामा पार्ने गरि सरकारी सेवाहरुमा ढिलासुस्ती नगर्न बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री सहित महत्वपूर्ण सरकारी कार्यालयका प्रमुखहरुलाई साेमबार ध्यानाकर्षण गराइएकाे एमाले बाँकेका अध्यक्ष किस्मत कक्षपतिले जानकारी दिए ।
साेमबार छलफलमा एमालेका जिल्ला पदाधिकारी, ८ वटै स्थानिय पालिका कमिटीका अध्यक्षहरु सहभागी थिए । छलफलमा प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री जिल्ला प्रहरी कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख मालपोत अधिकृत, सडक डिभिजन, प्रमुख सिक्टा सिचाइ प्रमुख विधुत शाखा प्रमुख लगायतकाे सहभागिता थियाे ।
किकास निर्माण,सुशासन तथा सरकारी सेवा प्रभावकारी बनाउन एमालेले निरन्तर खबरदारी गरिरहने अध्यक्ष कक्षपतिले बताए । उपाध्यक्ष डिल्लि बिसिले आफुहरुले जनताकाे समस्या लिएर सरकारी कार्यलयका प्रमुखसगकाे छलफल गरेकाे बताए ।