नेपालगन्जको बजारमा अल न्यू ज्याक टि गाडी, यस्ता छन् आकर्षण


नेपालगन्जको बजारमा पनि अल न्यू ज्याक टि ८, २.० लि पिकअप आइपुगेको छ । सांग्रिला मोटर प्रालिले अघिल्लो साता नेपाली बजारमा ल्याएको न्यू ज्याक टि ८ शुभलाभ इन्टरप्राइजेजले मंगलबारदेखि नेपालगन्ज बजारमा ल्याएको हो ।

शुभलाभका सञ्चालक निरञ्जन राजभण्डारीका अनुसार, ५६.९९ लाखको सुरुवाती मूल्यमा टि ८ डबल क्याप नेपालगन्जमै उपलब्ध हुने भएको हो । ‘टि ८ मा मल्टिफङ्सन स्टेरिङ्ग लगायतका तमाम सुविधा उपलब्ध भएकाले आकर्षण बढेको छ’, आधुनिक जीवनशैली अनुसार गाडीको डिजाइन गरिएको आकर्षण मानिएको जानकारी राजभण्डारीले भने ।

प्रकाशित मितिः     २६ माघ २०७८, बुधबार ०७:३९  |