लियो क्लब ३२५ एनको जिल्ला परिषद अध्यक्षमा सुजित बैश्यकाे उम्मेद्वारी


नेपालगन्ज–अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अन्तर्गत रहेको स्वयंसेवी संस्था लियो क्लब ३२५ एन को जिल्ला परिषद अध्यक्षमा सुजित बैश्यले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन्।

विगत लामो समयदेखि यस संस्थामा आवद्द भएका बैश्यले यस वर्ष जिल्ला परिषद अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी दिएका हुन् । साथै जिल्ला परिषद उपाध्यक्ष पदमा नेपालगन्जकै बिबेक श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।


विगत लामो समय लियोमा आबद्ध भएर काम गरेको अनुभव अनि नेतृत्व गर्ने उर्जालाई साथ लिइ लियो जिल्ला परिषद ३२५ आर नेपाललाई बलियो , नमुना एउटा सर्वोत्कृष्ट परिषद् बनाउने जमर्को गरि जिल्ला परिषदलाई आफूले जानेको , बुझेको , सिकेको अनि भोगेको अनुभव लिएर सम्पुर्णलाई नेतृत्व गर्न गरी जिल्ला परिषद अध्यक्ष पदमा आफ्नो उम्मेद्बारी दिएको बैश्यले बताएका छन् ।

प्रकाशित मितिः     २७ माघ २०७८, बिहीबार १९:००  |