स्थापना दिवशमा अख्तियार नेपालगन्ज कार्यालयद्वारा रचनात्मक कार्य


नेपालगन्ज- अख्तियार दुरूपयाेग अनुसन्धान आयोग नेपालगन्ज कार्यालयले स्थापना दिवशकाे अवसरमा रचनात्मक कार्याक्रम आयोजना गरेको छ । काेभिडका कारण अन्य भिडभाडजन्य कार्याक्रम नगरी आन्तरिकरुपमा रचनात्मक कार्यक्रम गरिएको अख्तियार नेपालगन्ज प्रमुख बिजयराज पौडेलले बताए ।


उनका अनुसार,स्थापनाकाे अवसरमा कर्मचारीबीच मैत्रीपुर्ण ब्याटमिन्टन प्रतीयोगिता आयोजना गरिएको छ । त्यस्तै कार्यलय सरसफाइ गरिएकाे छ भने नेपालगन्जकाे असहाय केन्द्रमा विभिन्न सहयाेग गर्ने योजना छ ।

प्रकाशित मितिः     २७ माघ २०७८, बिहीबार १९:३०  |