नेपालगन्जको राष्ट्रिय वाणिज्य बैँक लुटिनबाट जोगियो, आरोपित पक्राउ


नेपालगन्ज-  नेपालगन्जमा एक व्यक्तिले बैंक ताेडफाेड गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, २ नम्बर  वडामा रहेको राष्ट्रिय वाणिज्य बैँकमा बिहान  कैलाली टिकापुर ९ घर बताउने वर्ष २६ को सन्जु विकले उक्त बैँकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरेका थिए ।

ताेडफाेड पछि फरार रहेकोमा उनलाई तत्काल  प्रहरी  टोलीले खुकुरी सहित पक्राउ गरी आवश्यक अनुसन्धान भई रहेको ।


जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार, लुटपाटको उदेश्यले बिक हतियारसहित बैंक प्रवेश गरेका थिए । बैंकमा आक्रमण गरेपछि सुरक्षागार्डले प्रतिकार गरेका थिए । बिकले बिहान पाँच बजे बैंक तोडफोड गरेका थिए ।

सुरक्षागार्डको प्रतिकार पछि उनी फरार भए । बैंकको तर्फबाट प्रहरीलाई तत्काल खबर गरियो भने आरोपितको मोवाइल घटनास्थलमै भेटियो । त्यही मोवाइलका आधारमा प्रहरीले बिकलाई पक्राउ गर्न सफल भयो । प्रहरीले बिक समातिएपछि थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः     ६ फाल्गुन २०७८, शुक्रबार १३:३५  |
error: Content is protected !!