सांग्रिला बैंकको नेपालगन्ज कलस्टरलाई उत्कृष्ट सम्मान


नेपालगन्ज – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो नेपालगन्ज कलस्टरलाई उत्कृष्ट घाेषणा गर्दै सम्मान गरेकाे छ । मुख्य कार्यालयले  नेपालगन्जका क्षेत्रीय प्रबन्धक  जयन्द्र खड्कालाई उक्त सम्मान प्रदान गरेकाे हाे ।

बैंकको नेपालगन्ज कार्यालय अन्तरगत पश्चिमका विभिन्न जिल्लाका नगरन्मुख ठाउँमा शाखा खाेल्ने कार्यलाई तिब्रता दिएको छ भने त्यसले  निम्न आय भएका नागगरिकलाई बैंक तथा वित्तीय सेवाको पहुँचमा ल्याउने कार्य गरेकाे छ ।

बिशेष गरी साविकको मध्यपश्चिम र हालको कर्णाली, लुम्बिनी प्रदेशका नगरन्मुख ठाउँहरुमा शाखा बिस्तार गरी त्यहाँका निम्न आय भएका सेवाग्राहीलाई बैंकको पहुँचमा ल्याउने काम गरिएको क्षेत्रीय प्रबन्धक जयन्द्र खड्काले बताउनुभयो ।

उहाँले सबै कर्मचारी र सेवाग्राहीको सहयाेगले उत्कृष्ट कलस्टर बनेकाे बताउनुहुदै धन्यवाद दिनुभयाे ।

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको बैंकका अध्यक्ष प्रसाईले बताउनुभयो ।

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ । एक वर्षअघिसम्म यस क्षेत्रमा १६ वटा शाखा थिए । पछिल्लो एक वर्षमा नौंवटा शाखा थप भएका छन् । बर्दियाको राजापुर, सानोश्री, भुरीगाउँ लगायत पाँच स्थान, सुर्खेतको एरीचोकमा थप, सल्यान, रुकुम र दागं जिल्लाका ग्रामीण क्षेत्रमा शाखा बिस्तार गरी कारोवार भइरहेको छ ।

प्रकाशित मितिः     १७ फाल्गुन २०७८, मंगलवार ०८:१६  |