जडिबुटी व्यवसायी संघको अध्यक्षमा टंक प्रसाद शर्मा


नेपालगन्ज- नेपाल जडिबुटी व्यवसायी संघ (जबान)को अध्यक्षमा टंक प्रसाद शर्मा निर्बिरोध निर्वाचित हुनु भएको छ ।

जडिबुटी व्यवसायमा सक्रिय शर्मा संघमा लामो समयदेखि काम गर्दै आउनुभएको थियो ।

संघको यस्तै उपाध्यक्ष मेराज अन्सारी, महासचिव भानु भक्त रिजाल, कोषाध्यक्ष रशीद अहमद अन्सारी निर्वाचित हुनुभयो ।

राजु सदस्यमा आजम हल्वाई, शादाब हलवाई, शान्ता ज्ञवाली, हफिजुर रहमान अन्सारी, अफ्जाल अहमद अन्सारी, रेशम बहादुर खडका, जमुना गिरी पनि निर्बिरोध निर्वचित हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष शर्माले जडिबुटी व्यवसायीले झेल्नुपरेका समस्या र चु्नौतीको समाधानका लागि रणनीति बनाउने प्रतिबद्धता गर्नुभएको छ ।

प्रकाशित मितिः     २२ फाल्गुन २०७८, आईतवार ११:०६  |