नेपालगन्ज – नेपालगन्जमा क्यासिनाे, दोहोरी साझ जस्ता मनाेरन्जनात्मक क्षेत्रहरु बढेका छन् ।
यसले रोजगारी सृजना त गरेकै छ संगै महिला हिंसाका घटनाहरु पनि घट्नसक्ने कुरालाई नजरअन्दाज गर्न नमिल्ने महिला अधिकारका क्षेत्रमा काम गर्ने अगुवाइहरुले जाेड दिएका छन् ।
आइतबार नेपालगन्ज साथी सस्थाकाे अगुवाइमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिकाकाे महिला तथा बालबालिका महाशाखा प्रमुख शाेभा शाहले उक्त बिषय उठाउदै ती क्षेत्रमा निगरानी गर्नुपर्ने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयाे- ” नेपालगन्जमा क्यासिनो, दोहोरी साझ, स्पा,ब्युटिपालरहरु बढेका छन् । यसमा हुन सक्ने सम्भावित महिला हिंसाका घटनालाई समयमै राेक्न हामिले निगरानी गर्नुपर्ने हुन्छ ।”
उहाँले बिदेशमा मात्र होइन आन्तरिकरुपमा समेत महिला बेचबिखनका घटना भइरहेकाले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।
शाहले उठान गर्नुभएको बिषयमा समर्थन जनाउँदै माइती नेपाल नेपालगन्जका सयोजक केशव काेइरालाले आन्तरिक बेचखिनकाे बिषय नियन्त्रण गर्न सराेकारवाला निकाय चनाखाे हुनुपर्नेमा जाेड दिनुभयाे ।
नेपालगन्ज पछिल्लाे समय क्यासिनाे कल्चर बढेकाे छ भने निजीक्षेत्रमा काम गर्ने महिलाकाे सुरक्षाका बिषयमा समेत अधिकारकर्मिहरुले चासाे प्रकट गर्न थालेका छन् ।