ब्यवसायक्षेत्रमा महिलाकाे उत्साहजनक सहभागिता


नेपालगन्ज- केहि समय पहिले चुलोचौकामा मात्र सीमीत महिलाहरु अहिले हरेक क्षेत्रमा सवल र शशक्त वन्दै गएका छन् । आर्थिक र सामाजीक रुपले उनिहरु सक्रिय देखीन थालेका छन् ।

अहिले हरेक क्षेत्रमा उनिहरुले कव्जा जमाउन थालेका छन् । बाँकेमा उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, राजनीति लगायतको क्षेत्रमा प्रभावशाली महिलाको वश्र्चव हुन थालेको छ ।

उनको कामको खुलेर प्रशंसा गर्न सकिन्छ । चुलौचुकामा मात्र सीमित महिलाहरुले पछिल्लो समय करोडौका कारोवार पनि सन्चालन गर्न थालेका छन् । ठुलठुला होटेल, व्यापार, व्यवसाय उनिहरु एक्लैले धानीरहेका छन् ।

आर्थीक अवस्था कमजोर भएका महिलाहरु पनि आर्थीक आयआर्जनमा कसरी फड्को मार्न सकिन्छ भन्ने ध्याउन्नमा छन् । त्यसैले उनिहरु आर्थिक सक्षमताको बाटोमा अग्रसर देखीन्छन् । घरमै पनि उनिहरु आयआर्जनका कामहरु गर्न थालेका छन् ।

सानो कामबाट नै उनिहरुले चुलोचौकाको सीमित घेरालाई फराकिलो वनाउदै लगेका छन् । अचार उत्पादन, खेलौना, कुशन निर्माण, सीलाई कटाई लगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि छन् । सानै व्यवसायबाट करौडौको कारोबार गर्ने महिलाको सूचिमा समेत महिलाहरुको नाम थपिदै गएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अनुसार नेपालगन्जमा करीब ५ हजारको संख्यामा उद्योगी व्यवसायी छन् । त्यसमध्य १ सय वढि उद्योग महिलाहरुले नै एक्लैले सन्चालन गरेर चलाइरहेका छन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीका अनुसार नेपालगन्जमा लाखौदेखी करोडको कारोबार गर्ने महिलाको संख्या १ सय वढि छ । त्यसमध्य करोडौको कारोबार गर्ने महिला आधा दर्जन मात्र रहेको छन् ।

बाँके जिल्लामा करोडौको कारोबार गर्ने महिला कति छन् भन्ने एकिन तत्थ्यांक नभएपनि २ दर्जन बढि रहेको अनुमान छ । बाँकेमा लाखौदेखी करोडको कारोबार गर्दै नेतृत्व तहमा समेत सक्रिय रहेका केहि प्रभावशाली व्यवसायी महिला ।

प्रकाशित मितिः     २४ फाल्गुन २०७८, मंगलवार ०७:१०  |