पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानरपालिकाको मूल आयोजना तथा नाट्टा च्याप्टर बाँकेको आयोजनामा नेपालगञ्जमा यही २०७८ फाल्गुन २६, २७ र २८ गते वेष्टर्न ट्राभल मार्ट भव्यरुपमा सम्पन्न गर्न तयारी अन्तिम चरणमा पुगेको छ ।
यस मार्टमा नेपालगञ्ज शहरलाई पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गरिने छ । पर्यटन प्रवद्र्धन मञ्च बाँके, हान बाँके, होटेल व्यवसायी संघ बाँके आदि संस्थाहरु यस मार्टको सहआयोजकको रुपमा रहेका छन् भने अएरलाईन्स पार्टर बुद्ध अएर रहेको छ ।
नेपालगञ्ज शहर र यस वरपरका क्षेत्रहरुका साथै कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन गरी यस क्षेत्रका पर्यटन गतिविधिहरुको अभिवृद्धि गर्ने उद्देश्यका साथ मार्टको आयोजना गर्न लागिएको हो । यस मार्टमा पर्यटन सम्बद्ध संस्था तथा व्यसायीहरुको सहकार्य रहेको छ र थप सक्रिय सहभागिताको समेत अपेक्षा गरिएको छ ।
पश्चिम नेपाल क्षेत्रको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका करिब ४० जना बिज्ञहरुको मार्टमा सहभागी हुदैछन् । यस मार्टमा स्टल प्रदर्शनी गर्ने टुर अपरेटर, होटेल व्यवसायी तथा पर्यटन सेवा प्रदायक संस्थाहरु र भारतबाट सहभागी हुने टुर अपरेटरहरु बीच यस क्षेत्रका टुर प्याकेजहरु बिक्री गर्ने विषयमा व्यवसायिक अन्तरक्रिया हुनेछ ।
साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सातै प्रदेशका पर्यटन व्यवसायीहरु बीच टुर प्याकेजहरुको आदान प्रदान हुनेछ । सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन व्यजसायी सहभागी गरार्ई कर्णाली नदीमा राफ्टिङ, बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगञ्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनुभव प्रदान गरिनेछ ।
फाल्गुन २६ गते बिहान बागेश्वरी मन्दिर परिसरदेखि मार्च पास गरी सिद्धार्थ होटलमा राउटेका मुखियाद्वारा मार्टको विधिवत उद्घाटन गरिनेछ ।
मार्टको अयोजनाले यस क्षेत्रका पर्यटकीय गन्तव्य तथा गतिविधिहरुको प्रचार प्रचार हुन गई पर्यटक अगमन संख्या बढ्न जाने अपेक्षा गरिएकोे छ । मार्टको भव्य सञ्चालनका लागि पर्यटनमा चासो राख्ने यस क्षेत्रका सम्पूर्ण व्यवसायी, सरोकारकारवाला अन्य महानुभाव लगायत सञ्चार क्षेत्रको सक्रिय सहभागीताको अपेक्षा गरेका छौं ।
श्रीराम सिग्देल
अध्यक्ष
वेष्टर्न ट्राभल मार्ट सञ्चालन तथा व्यवस्थापन समिति