कृषि प्रधान देशको हबिगत : धान मात्र १३ अर्बको आयात !


फागुन २८, काठमाडौं । चालू आर्थिक वर्षको पहिलो सात महीनामा १२ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ बराबरका ४२ करोड ६३ लाख ५७ हजार ८१० केजी धान आयात भएको छ ।

सो अवधिमा बङ्गलादेशबाट १४ हजार रुपैयाँ बराबरका १६ केजी र भारतबाट ३ करोड २१ लाख ५२ हजार रुपैयाँ बराबरका ११ लाख ३ केजी विभिन्न जातका धानका बीउ आयात भएको छ ।

केही वर्षदेखि लगातार चामल, धान र धानका बीउको आयात बढ्दै गएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । चालू आर्थिक वर्षको पहिलो सात महिनामा भारतबाट ४२ करोड ५२ लाख ५७ हजार ७९१ केजी चामल बनाउन हुने धानको आयात भएको भन्सार विभागले बताएको छ । रासस

प्रकाशित मितिः     २८ फाल्गुन २०७८, शनिबार १८:४१  |