काठमाडौं। एनआईसी एशिया बैंकका ग्राहकले पाँचतारे होटल सोल्टीमा १० प्रतिशत छुट पाउने भएका छन्।
सोल्टीको काठमाडौं र नेपालगञ्ज दुवै स्थानमा रहेका होटलमा सेवा लिएवापतको रकममा उक्त छुट एनआईसी एशियाका ग्राहकले पाउने जनाइएको छ।
सेवामा छुटबारे बैंक र सोल्टी होटलबीच समझदारी भएको छ। समझदारी पत्रमा बैंकका चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देल र सोल्टी इन्टरप्राइजेजका निर्देशक दिनेश बहादुर बिष्टले हस्ताक्षर गरेका हुन्। जसअनुसार डेबिट कार्ड वा क्युआर कोडबाट भुक्तानी गर्दा एनआईसीका ग्राहकले यो सुविधा पाउनेछन्।
पछिल्लो समय डिजिटल कारोबार गर्नेको संख्या बढ्दै गएकाले यसप्रति आफ्ना ग्राहकलाई प्रोत्साहित गर्न सोल्टीका दुई होटलबाट विभिन्न सेवा लिएर पीओएस र क्युआर भुक्तानी गर्दा १० प्रतिशत छुटको व्यवस्था गरेको बैंकले जनाएको छ।
बैंकले आफ्ना मोबाइल बैंकिङ तथा कार्ड ९डेबिटरक्रेडिट० प्रयोगकर्ताहरूलाई देशभरका अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायत गरी २,३०० वटाभन्दा बढी स्थानमा वस्तु तथा सेवाको भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको पनि दाबी गरेको छ।
नेपालको सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसियाले देशभर ३५८ शाखा कार्यालय, ४७३ एटिएम, ९४ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ मार्फत सेवा दिइरहेको जनाएको छ।
वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत गरी ३४ भन्दा बढी बिकट स्थानीय निकायहरूमा यसका शाखा रहेको विज्ञप्तिमा उल्लेख छ। आफ्ना कुल शाखाको ७०५ ग्रामीण तथा साना सहरी क्षेत्रमा खोलेको पनि बैंकको दाबी छ।