नेपालगन्जका मध्यमस्तरका करदाताले सुनाए समस्या


नेपालगन्ज – नेपालगन्जका मध्यमस्तरीय करदाताले आफ्ना समस्या सुनाएका छन् ।

मध्यमस्तरीय करदाता कार्यलय , काठमाण्डौँको आयोजना तथा नेपालगन्ज उद्योग वाणिज्य संघकाे समन्वयमा मध्यमस्तरीय कददाताहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागिले  गुनासाे सुनाएका हुन ।

उनिहरुले नितिगत समस्याकाका कारण कठिनाइ भाेग्नु परेकाे बताए  । छलफलका क्रममा संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलेे करदाताले कर प्रणालीबाट भोग्नु परेका समस्या तथा त्यसका समाधानका लागि सुझाव दिनु भएको छ ।

कार्यक्रममा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौँका प्रमुख कर अधिकृत केशव उप्रेतीले करदाताहरुको समस्याहरुलाई टिपोट गर्दै नीतिगत कुराहरुको बारेमा जानकारी दिए ।

साथै आगामी दिनमा नीतिगत सुधारका लागि माथिल्लो निकायमा पेश गर्ने जानकारी गराए ।

प्रकाशित मितिः     २९ फाल्गुन २०७८, आईतवार १७:३८  |