बाँकेमा वाणिज्यले दिने सेवा मंगलवारबाट घरेलु कार्यालयबाट


नेपालगन्ज – बाणिज्य कार्यालय नेपालगन्जबाट प्रदान हुँदै आएका केही सेवाहरु अब घरेलु तथा साना उद्योग कार्यालयबाट दिने भएको छ ।

मंगलवार एक कार्यक्रमको आयोजना गरी जिम्मेवारी हस्तान्तरण गरियो ।

वाणिज्य कार्यालयकबाट प्रदान गरिदै आएको फर्म दर्ता, नविकरण , ठाउँसारी, नामसारीको काम अब घरेलु तथा साना उद्योग कार्यालयबाट हुने छ ।

तर एक्जिम कोड लिएर बिदेश आयात निर्यात गर्ने व्यवसायीलाई दिने सेवा भने वाणिज्य कार्यालयबाटै नै हुने र बाँकी अन्य सेवा घरेलु तथा साना उद्योग कार्यालयबाट हुने कार्यालय प्रमुख उजिर प्रशाद न्यौपानेले बताए ।

प्रकाशित मितिः     १ चैत्र २०७८, मंगलवार १३:५७  |