गाभर भ्यालीमा होमस्टे एशोसिएशनको राष्ट्रिय सम्मेलन सुरु


नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती पर्यटकीय क्षेत्र गाभर भ्यालीमा होमस्टे एशोसिएशनको तेस्रो राष्ट्रिय सम्मेलन शनिबारदेखि सुरु भएको छ ।

आइतबारसम्म चल्ले सम्मेलनमा ६८ जिल्लाका १ हजार बढी होमस्टे संचालकको सहभागिता रहेको आयोजक मूल समितिका संयोजक कृष्ण चौधरीले बताउनु भयो । सम्मेलनमा मौलिक भोजन मेला समेतको प्रदर्शनी गरिएको छ ।

पत्रु खानाको संस्कृति रोक्न र स्थानीय खानाको प्रचारप्रसार गर्ने सम्मेलनको उद्देश्य रहेको छ । सम्मेलनमा मौलिक भेषभूषा र कलासंस्कृतिको प्रदर्शनी हुने संयोजक चौधरीले बताउनु भयो ।


लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्लीबहादुर चौधरीले गाभरभ्यालीमा रहेको १ सय ७ वर्ष पुरानो कोलमा तेल पेलेर सम्मेलनको उदघाटन गर्दै पर्या पर्यावरणको जर्गेनामा होमस्टेको भूमिका अत्यन्त सकारात्मक रहेको बताउनुभयो ।

उहाँले नेपाली मौलिक संस्कृति तथा भेषभूषा पहिचानका लागि होमस्टेले आप्mनो दायरालाई अझ फराकिलो बनाउदै लानुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मितिः     १२ चैत्र २०७८, शनिबार १९:३९  |
error: Content is protected !!