कुसुम, चैत १८- बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरिया देखी अगैया सम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जल यात्रा (र्याफ्टिङ) सन्चालनमा आएको छ ।
राप्ती सोनारी गाउँपालिका संगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाकेले र्याफ्टिङ संचालनमा ल्याएको हो ।
साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उदघाटन गरे । उदघाटन संगै मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसाल, नेपाल प्रेस युनियन बाकेका अध्यक्ष अर्जुन ओली, पर्यटनकर्मी गेहेन्द्रकुमार खड्का लगायतले साहसिक जलयात्रा गरेका छन ।
साहसिक जलयात्राको दुरी कुसुम बैरियादेखि अगैयासम्म करिव २७ किलोमिटर रहेको छ । पर्यटन प्रवर्द्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्री पर्यटन प्रवर्द्धन गर्न साहसिक जलयात्रा सुरु गरिएको मन्त्री चौधरीले बताए ।