नेपालगञ्ज उद्योग बाणिज्य संघको साधारण सभा,अर्थतन्त्रबारे चिन्ता व्यक्त


नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको २९ र ३० औं वार्षिक साधारण सभा भएको छ ।

वार्षिक साधारण सभाको एक समारोहका बीच लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले उद्घाटन गर्नुभयो ।

साधारण सभाको उद्घाटन सत्रमै महासचिव चिरञ्जीवी वलीले वार्षिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्नुभयो ।

विभिन्न व्यक्तित्वहरुले शुभकामना दिएको उद्घाटन सत्रमा पत्रकार कुमार श्रेष्ठ,जडिबुटी व्यवसायी राकेश जैन, उत्कृष्ट कर्मचारी आशा ढकाल सहित आठ जना व्यवसायीलाई सम्मान गरिएको थियो ।
संघले सूचना तथा प्रविधि एप्सको उद्घाटन गरेको छ । अब अनलाइनबाटै नयाँ सदस्यता र नविकरण हुन्छ । संघको नेतृत्व गरेका दिवंगत चार जना अध्यक्षको फोटोमा माल्र्यापण गरिएको थियो ।
काेराेना कहरपछि भएको साधारणसभामा व्यबसायिले कमजाेर बन्दै गएको अर्थतन्त्रका बारेमा छलफल गरेकाे नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्ष अब्दुल वाहिद मन्सुरिले बताउनुभयाे । काेराेनाले जर्जर बनेको अर्थतन्त्र जोगाउन सरकारले साथ दिनुपर्ने व्यबसायिकाे माग छ ।

 

प्रकाशित मितिः     १९ चैत्र २०७८, शनिबार १९:१३  |