टहल्न निस्किएका हजुरआमा सहित दुई नाबालकलाई नेपालगन्जमा कारले कुल्चिएर मार्‍यो


नेपालगञ्ज, चैत २८ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।

आइतवार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजकिै बाटोको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।

सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो ।

कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नेपालगञ्ज मेडिकल कलजेको नर्सिङहोम पुर्याएका थिए ।
१५ मिनेट पछि नै अस्पतालले तीनैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा परि मृत्यु भएका मध्ये समिमा र उनका नाति कसिम एकै परिवारका हुन भने अलि समिमाको घरबेटी अस्लम अन्सारीको छोरा हुन् । दुबै परिवारका सदस्यहरु राती खाना खाएर डुल्न निस्केका थिए ।

सुनसान सडकमा पनि छेउमा हिडिरहेकालाई कारले ठक्कर दिएकोमा स्थानीय आक्रोशित भएका छन् । नेपालगञ्जमा केही दिनयता मनपरि ढंगले गाडी र मोटरसाइक चलाउने कार्य भैरहेपनि प्रहरी मुकदर्शक बनेको गुनासो छ।

प्रकाशित मितिः     २८ चैत्र २०७८, सोमबार ०९:४६  |