पशुपतिदयालकाे नेपालगन्ज सपना !


नेपालगन्ज पुरानो शहर भए पनि अन्य शहर को तुलनामा नेपालगन्ज धेरै नै पछाडि छ । नेपालगन्जको सामाजिक र आर्थिक रूपान्तरणको लागि नेपालगंजका नागरिक एक जुट हुन जरूरी छ । नेपालगन्जको सामाजिक र आर्थिक रुपांतरणमा बिशेष योगदान गर्न सक्ने आयोजनाहरु नेपालगन्ज आउने निर्णय भएर पनि आउन सकेन ।

नेपालगन्ज विश्वविद्यालय, स्पेसल इकोनोमिक जोन, नेपालगन्ज – दिल्ली उडान, नेपालगन्जमा प्रादेशिक राजधानी, नेपालगंज उच्च अदालत, नेपालगन्ज कोहलपुर रेल सेवा, इन्स्टिच्युट अफ टेक्नालॉजी, सुखा बन्दरगाह सम्मा बडी लाइन माल वाहक रेल सेवा, जडीबुटी प्रशोधन केन्द्र, कागज कारखाना, नेपालगन्ज अन्तर्राष्ट्रिय क्षेत्रिय बिमान स्थल, नेपालगन्ज सभा गृह, आउने सट्टामा नेपालगन्ज वाट बिभिन्न क्षेत्रीय र अंचल कार्यालयहरू,एन जीओ, आइएनजीओहरू पलायन भए ।

अबको आवश्यकता छ- नेपालगन्ज उपमहानगरपालिकाको भौतिक तथा मानवीय बिकासको लागि पुर्वाधार बिकास, शिक्षा, स्वास्थ्य, सुचना प्रविधि, फोहरमैला व्यवस्थापन, कृषि, खानेपानी, प्राकृतिक बिपत्ति, महिला सशक्तिकरण, युवा तथा खेलकुद, गरीबी निवारण, लगानीमैत्री बाताबरण, पर्यटन, सामाजिक सुरक्षा,लगायत क्षेत्रमा वृहत गुरु योजना को साथ काम गर्न र नेपालगन्ज लाई गर्व गर्न लायक बनाउन जरुरी छ ।

नेपालगन्जको इतिहास गर्व गर्न लायक छ, त्यसैले यो कोइलावास र राजापुर बन्दैन । भविष्य शुन्दर भएको हुँदा निरास नभएर यहाँको विकासमा केन्द्रित रहौ ।

नीति निर्माणताहरुले नेपालगन्जलाई फरक व्यवहार गर्दा हामिले धेरै अवसर गुमाएको सत्य हाे तर यहि कारणले काेइलाकास र राजापुर बन्छ भन्ने कुरामा कुनै तुक छैन । हामिले बन्न पनि दिनुहुँदैन ।

प्रकाशित मितिः     २९ चैत्र २०७८, मंगलवार ०६:४२  |