- मेघराज ओली
राजनीतिक स्थायित्व र देशमा ५ बर्षसम्म एउटै सरकारले देश अनि जनतालाई समग्रमा समृद्ध बनाउने सफल योजना लागु गर्नका निम्ति दलहरूमा उच्च स्तरीय सहकार्य हुनु यतिबेला सबैको बाध्यता हो ।
परिवर्तनको अनुभुती हरेक जनताले पाउन नसकी रहेकोे बर्तमान अवस्थामा सत्ताकै लागि बिचारको घांटि रेटेर चुनावी गठबन्धन गर्नु पर्ने स्थितिको कारक तत्वको खोजी नगरी पदका निम्ति या अरु कुनै कारणको आबेगमा आयर गठबन्धन गर्दा कांग्रेस जस्तो खुल्ला लोकतान्त्रिक बिचार बाट निर्देशित दलका कार्यकर्ताहरुको आक्रोशको ज्वाला मुखिले पार्टीलाइ दिर्घकालिन क्षति पुर्याउने अवस्थाको हेक्का भने बेलैमा नेतृत्वले राख्नै पर्दछ ।
नेपालमा जबसम्म यो संबिधान अनुसारको निर्वाचन प्रणाली हुबहु रहन्छ तबसम्म कुनै पनि दलको बहुमतको सरकार बन्ने सम्भावना कमै छ । सबै दलहरू मिलेर संग संगै देश चलाउ भन्ने सन्देश संबिधानले दियको हो । तर दलका नेतृत्वहरु यकले अर्कालाइ खुइल्याउन जस्तोसुकै हदपार गर्न पछि नपर्ने समकालीन राजनीतिक चरित्रका कारण नेपाल राजनैतिक अस्थिरताको भुमरीमा पर्दै यहाँ सम्म आइ पुगेको यथार्थतालाई जतिसुकै लुकाउन खोजे पनि लुक्ने वाला छैन ।
अहिले यहि बैशाख ३० को स्थानीय सरकारको लागि हुने निर्बाचनको चुनावी गर्मा गर्मिकोबहस सर्बत्र छायाको छ । त्यसमा पनि सत्ता गठबन्धन द्लहरुको चुनावी तालमेलले अलि बढी चर्चा पायको छ । यो तालमेलको बहसले कांग्रेसले थालेको “घर घर जाउ कांग्रेस जिताउ ” अभियानलाइ पुर्णतः प्रभावित बनायो । कांग्रेसको स्थानीय तहमा यो अभियानले संगठन लाइ युगानुसार चलायमान बनाउन महत्त्वपूर्ण उर्जा दिदै गर्दा गठबन्धन रुपि मिसायलले उच्च मनोबलका साथ मैदानमा उत्रिएका स्थानीय नेता तथा कार्यकर्ता सम्मलाइ युद्ध हारेको सैनिक सरह निराशाको कालोबादलमा मडारी दियो ।
स्थानीय तहमा “आवश्यकता र औचित्यका” आधारमा चुनावी तालमेल गर्न सक्ने अधिकार नेपाली कांग्रेसको केन्द्रिय समितीको चैत्र १६ गतेको निर्णयले गर्यो जस्ले निस्ठा अनि बिचारको राजनितीलाइ सिरमा राख्ने आम कांग्रेससि लाई अलिकति आशाको दियो बाल्ने काम गर्यो तर आज भोलिका घटनाक्रम त्यो निर्णय बिपरित केन्द्रले फेरि स्थानीय तहमा गठबन्धनको सयन्त्र बनायर नेतृत्वको इच्छा अनुसार जबर्जस्त अंश बण्डा गरि पद बांडफांड गर्ने चरणहरु पार गरिदै छ ।
स्थानीय नेता तथा कार्यकर्ताको इच्छा बिपत्ति गरिने अंश बण्डाले निम्त्याउने क्षेतिको जिम्मा कस्ले लिने ? पद अनि सत्ताका निम्ति पार्टीलाइ मृत्युशैयामा पुर्यायर कार्यकर्ताको इहलिला हुने यस्तो जबर्जस्त गराइने गठबन्धनले कतै लोकतान्त्रिक आन्दोलनको मियो दल नेपाली कांग्रेस भारतिय कांग्रेस आइ को हालतमा त पुग्ने होईन बेलैमा आम कांग्रेसजन सचेत र सजग हुन जरुरी छ । आवश्यकता र औचित्यका आधारमा स्थानीयले नै तालमेल गर्ने या नगर्ने निर्णयको अधिकार स्वयंले गर्न पाउने कुरा सबैभन्दा मुख्य हुनु पर्दछ । बाहिय एकतालाइ प्राथमिकतामा राख्दै गर्दा आन्तरिक एक्ता तहसनहस हुनु भनेको मृत्यु पत्रमा हस्ताक्षर गर्नु सरह नै हो भन्ने कुरा कांग्रेस नेतृत्वले बेलैमा बुझन अति आवश्यक छ । बर्दानको आस गरेर जबर्जस्त गरिने गठबन्धन अभिसाप नबन्नोस ?
औंला दिन खोज्दा हात मात्रै होईन दीर्घकालमा सिङ्गो सरिरै नरहने अरुलाइ बलियो बनाउने गठबन्धन होईन आफु बलियो बन्ने गठबन्धन गर्ने हो भने जबर्जस्ति गरेर होईन ” आवश्यकता अनि औचित्यका आधारमा तालमेल गर्ने जिम्मामा स्थानीय लाइ नै दिनु उपयुक्त होला ।” यकातिर गठबन्धन को प्रेसर अर्को तिर अत्याधिक संख्यामा उम्मेदवारको दाबिले कांग्रेस बृहतमा ब्यापक चासो अनि चिन्ता देखियको छ । लोकतान्त्रिक पार्टी भित्र धेरै भन्दा धेरै उम्मेदवार हुनुपर्छ यो कुनै नौलो कुरा होईन लोकतान्त्रिक दलको गहना भनेकै यहीँ हो । जति धेरै आकांक्षि त्यति धेरै पार्टी बलियो बन्दछ तर पार्टीले टिकेट एकजनालाई दियो भने सबैले हातमा हात मिलाएर मुख होईन रुखलाइ सम्झियर निर्बाचन जित्ने अभियानमा संगसंगै यात्रा गर्न भने जरुरी छ ।
यदि चुनावी अभियानमा कुनै पनि नेता तथा कार्यकर्ता दिल दिमागले सके जति पार्टीलाइ जिताउन लाग्दैन भने पार्टीले ति मनुवाहरुको लेखा जोखा राख्नै पर्दछ । घर ध्वस्त पारेर छिमेकी लाइ बलियो बनाउनेहरु बाट घर जोगाउनका निम्ति कुनै आग्रह पुर्बा ग्रह नलियर निर्भरता अनि निडरताका साथ दण्ड दिन नेतृत्व लाइ दवाव दिन आवश्यक छ ।