मैले देखेका गुर्भाकोट नगरपालिकाको ५ बर्षे कार्यकालका सफलताहरु।
- किरण ओली
२०६२/०६३ को आन्दोलन र मुलुकमा शान्ति स्थापना भएपछि २० बर्षको अन्तरालमा भएको स्थानिय निर्वाचनमा गुर्भाकोट नगरपालिकामा नेपाली काङ्ग्रेसले नगर प्रमुख,उप-प्रमुख र ११ वटा वडाहरुमा जित हासिल गरेपछि गरेका कामहरुको संक्षिप्त विवरण-
१.कम लागतमा प्रशासनिक भवन निर्माण गरि काम नगरकार्यपालिकाको दैनिक काम सुरु
२.सडक नपुगेका वडा कार्यालयहरु मध्य वडा नं-३ धारापानी जस्तो बिकट स्थान र गाउँ बस्तिहरुमा सडक बिस्तार
३.स्वास्थ्य संस्था नभएका ९ वटा स्थानमा स्वास्थ्य संस्था स्थापना गरि आबस्यक पर्ने भवन स्थापना गरि स्थानिय दर्जनौ स्वास्थ्यकर्मी हरुलाई रोजगार सहित जनताको घरदैलोमा आधारभुत स्वास्थ्य सेवा दिन सुरु
४.आँखा अस्पतालको आधुनिक भवन स्थापना गरि आखाको उपचार दिन सुरु
५.मेहेलकुना अस्पतालमा आबस्यक पर्ने बजेट र स्वास्थ्य औजार सहित गर्भवतीलाई निशुल्क भिडियो एक्सरे र अन्य बिरामिहरुलाई विभिन्न सेवा दिन आबस्यक समन्वय गरेको
६.स्याल र कुकुरको टोकाई पछि लगाउनुपर्ने immunoglobin सुई दिन सुरु
७.मेहेलकुना अस्पतालको गुरु योजना तयार गरि नेता पुर्ण खड्काज्युको विशेष पहलमा अपुग जग्गा खरिद गरि आधुनिक भवन निर्माण गर्न सहजीकरण गरेको
८.नेता पुर्ण खड्काज्युको विशेष पहलमा मालपोत र नापी कार्यालय भवन स्थापना गरि सेवा सुरु गर्न सहजीकरण गरेको
९.नेता पुर्ण खड्काज्युको विशेष पहलमा वडा नं.६,७,८ र ९ मा खाने पानीको बजेट मार्फत खानेपानी निर्माणमा सहजीकरण गरि घर घरका धारामा पानी झार्न सफल भएको
१०.नेता पुर्ण खड्काज्युको विशेष पहलमा आधुनिक सभा हल निर्माण गर्न सहजीकरण गरि भवन निर्माण सम्पन्न पश्चात् सेवा सुरु,
११.आधा दर्जन कृषि र भेटेनरी केन्द्र हरु स्थापना गरि दर्जनौ प्राबिधिक हरुलाई रोजगार सहितवडाहरुमा सेवा सुरु
१२.नेता पुर्ण खड्काज्युको विशेष पहलमा भेरी बबै आयोजना सङ्ग समन्वय गरि सैयौ सिचाई कुलोहरुको निर्माण गर्न सफल
१३.नगरपालिकाको फोहर संकलन गर्न टिप्पर खरिद गरि सरसफाइ केन्द्र स्थापना गरि फोहर उठाउन सुरु
१४.आगलागी बाट धनजनको क्षती हुन नदिन दमकल खरिद गरि संचालनमा ल्याएको
१५.बिरामिहरुलाई सहज र सस्तो सेवा दिन एम्बुलेन्स खरिद गरि संचालन गरेको
१६.कोरोनाको महामारी बाट गुर्भाकोट बासी हरुलाई बचाउन करोडौं रकम बिनियोजन गरि दर्जनौ क्वारेन्टाइन र दुई वटा आईसोलेसन स्थापना गरि कोरोना बाट मर्न नदिन युद्दस्तरमा काम गरेको
१७.सैयौ साना र मझौला खाने पानी र सिंचाई योजनाहरु निर्माण र मर्मत गरि जनतालाई सिंचाई र खानेपानी सेवा दिएको
१८.पालिका न्यायिक समिति मार्फत हजारौ स्थानिय बासिनाहरुलाई पालिकामै न्याय दिलाएको
१९.कृषक र कृषी समूह तथा उद्दमिहरुलाई करोडौं रकम अनुदान दिएको
२०.स्थानिय हजारौ युवायुवती हरुलाई विभिन्न शिपमुलक तालिम दिएर स्वरोजगार बनाएको
२१.दर्जनौ मन्दिर,चर्च र सार्वजनिक तथा पर्यटकिय स्थानहरुको स्थापना र मर्मत गरेको
२२.केन्द्र,प्रदेश र पालिकाको साझेदारिमा दर्जनौ सडक हरु निर्माण र मर्मत गरेको
२३.केन्द्र,प्रदेश र पालिकाको बजेट बाट दर्जनौ बिध्यालय भवन,तारबार र फिल्ड निर्माण र मर्मत गरेको
२४.दर्जनौ बिध्यालयको दरबन्दी मिलान र दरबन्दी अनुसार शिक्षक नभएका बिधालय हरुमा शिक्षक अनुदान रकम उपलब्ध गराएको
२५.महिनावारी हुदा छात्रा हरुलाई बिध्यालय आउनबाट बन्चित हुन नदिन निशुल्क स्यानिटरी प्याड उपलब्ध गराई रेस्टका लागि दर्जनौ बिध्यालय हरुमा पलंग उपलब्ध गराएको
२६.सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा मधुमेह र उच्च रक्तचापको औषधि निशुल्क उपलब्ध गराउने ब्यबस्था मिलाएको
२७.विभिन्न सरकारी र गैह्र सरकारी संस्थाहरुको साझेदारी मा स्वास्थ्य,शिक्षा र अन्य क्षेत्रमा विभिन्न कार्यक्रम हरु संचालन गरेको
२८.स्मार्ट नगरपालिका बनाउन पालिकाभरिका सम्पुर्ण घरहरुमा बसोबास गर्ने स्थानिय बासिन्दाहरुको सम्पुर्ण तथ्यांक संकलन गरि पालिकाको आफ्नै स्मार्ट application तयार गरि तथ्यांक अध्याबधिक गरेको (अझै केहिकाम गर्न बाकी)
२९.भुमी आयोगको निर्णय र योजना अनुसार पालिका भित्रका सम्पुर्ण सुकुम्बासी र अव्यवस्थित बसोबास गरेका बासिन्दा हरुको फाराम संकलन गरि नापि बाहेक सम्पुर्ण काम सकेर कोटमाझखर्कका पचास भन्दा बढीको लालपुर्जा बितरणका लागि तयार गरेको
३०.बिबादका कारण भवन निर्माण गर्न नसकेका वडा नं.१ र ६ बाहेक सम्पुर्ण वडाहरुको भवन निर्माण गरेर सेवा दिईरहेको
३१.नेता पुर्ण खड्का ज्युको विशेष पहलमा ईलाका
प्रशासन कार्यालय र ईलाका प्रहरी कार्यालय स्थापना गर्न सहजीकरण गरि स्थापना गर्न अन्तिम चरणमा पुगेको
३२.नेता पुर्ण खड्काज्युको पहलमा भेरी नदि र अन्य खोलाहरुमा आधा दर्जन झोलुङ्गे पुलहरु निर्माण गर्न सफल भएको
३३.नेता पुर्ण खड्काज्युको विशेष पहलमा विभिन्न माबी हरुमा प्राबिधिक बिषय हरु अध्यापन गराउनका लागि सहजीकरण गरि निर्णय गराउन सफल भएको
३४.कोरोना बाट अकालमा ज्यान गएका ५० भन्दा बढी नागरिकहरुलाई प्रती ब्यक्ती २० हजारका दरले राहत बितरण गरेको
३५.सैयौ गरिब र बिपन्न नागरिक हरुको निशुल्क स्वास्थ्य बिमा गराएको
३६.असाहय,गरिब र बिपन्न ५०० भन्दा बढी नागरिकहरुलाई उपचार र अन्य सहयोगमा ५० लाख भदा बढी राहत स्वरुप उपलब्ध गराएको
३७.नेता पुर्ण खड्काज्युको सहयोगमा सशत्र प्रहरी तालिम केन्द्र र महाबिध्यालय स्थापना गर्नका लागि सहजीकरण गरेको
३८.केन्द्र,प्रदेश र पालिकाको साझेदारी मा केही किलोमीटर सडक कालो पत्रे गरेको
३९.निकास नपाई अबरुद्द बोटेचौर दाङ्ग सडकको निकासका लागि विशेष पहल गरि सडकको निकास गराई निर्माण कम्पनी मार्फत बोटेचौरमा सुन्दर कालो पत्रे सडक निर्माणमा सहयोग गरेको
४०.सैयौ किसानहरुका भकारो सुधार गरेको
४१.सैयौको संख्यामा किसान हरुलाई चारा काट्ने मेसिन अनुदानमा उपलब्ध गराएको
४२.सैयौ किसानहरुलाई मिनि ट्रेलर अनुदानमा उपलब्ध गराएको
४३.हजारौ किसानहरुलाई पशु र कृषि सम्बन्धी तालिम उपलब्ध गराएको
४४.पशु चौपाया हरुको उपचार र निशुल्क पशु चौपाया शिबिर नियमित संचालन गरेको।
४५.घर दैलोमा निशुल्क चिकित्सक सेवा दिन पटकपटक स्वास्थ्य शिबिर संचालन गरेको
४६.सैयौ आखाका बिरामिहरुको निशुल्क आँखा को शल्यक्रिया गरेको
४७.खानेपानी नभएका बिध्यालय हरुमा खानेपानी निर्माण र मर्मत गरेको
४८.दर्जनौ बिध्यालय हरुमा कम्प्युटर उपलब्ध गराएर कम्प्युटर ल्याब स्थापना गरेको
४९.सम्पुर्ण वडाहरुमा ईन्टरनेट जडान गरि ब्यक्तिगत घटना दर्ता रास्टृिय सुचना प्रणाली अनुसार गरेको।
५०.सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा ईन्टरनेट जडान गरि DHIS2 प्रणाली अनुसार रेकर्डिङ र रिपोर्टिङ गरेको
५१.जनताहरुलाई पालिकाको सुचना उपलब्ध गराउन डिजिटल सुचना बोर्ड जडान गरि सुसूचित गराएको
५१ सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा सुरक्षीत खानेपानीको ब्यबस्थापन मिलाएको
५२.मेहेलकुना अस्पताल सङ्ग समन्वय गरि मासिक रुपमा अपाङ्ग परिचय पत्र उपलब्ध गराउने ब्यबस्था मिलाएको
५३.महिला शसक्तिकरण र आय आर्जनका लागि हजारौ महिला दिदिबहिनीहरुलाई विभिन्न तालिम र शिपमुलक तालिम उपलब्ध गराएको
५४.सैयौ किसानहरुलाई उन्नत जातका राङ्गा र बोकाहरु उपलब्ध गराएको
५५.कृषी उत्पादनमा वृद्धि गर्न सिजन अनुसारका फलफुल,तरकारी र अन्नका बिउबिजन हरु अनुदानमा उपलब्ध गराएको
५६.उपभोक्ता मार्फत र निर्माण ब्यबसायी मार्फत गराउने कामहरुको गुणस्तर कायम भए नभएको हेर्न नियमित अनुगमन र सहजीकरण गर्ने ब्यबस्थापन मिलाएको
५७.खेलकुद मार्फत युवाहरु अनुशासित गराउन र स्वस्थ बनाउन मेयर कप र अन्य खेलकुद हरु नियमित गराउदै पालिका बाहिर प्रतिस्पर्धा गराउन पठाएको
५८.पालिका भित्र संचालनमा रहेका साना सवारी साधनहरु अटो रिक्सा लाई पालिका मार्फत ल्याई प्रहरी र ट्राफिक प्रहरी सङ्गको समन्वयमा भाडा दर तोकि सुरक्षीत तरिका ले सवारी ओसारपसार गराउन विशेष निगरानी गर्ने ब्यबस्थापन मिलाएको
५८.प्राकृति प्रकोप बाढि,पहिरो,सुख्खा जस्ता अबस्था बाट भएका र हुनसक्ने धनजनको क्षतिपूर्ति का लागि आबश्यक राहत बितरण गर्ने गरेको
५९.लागू औषध र अपराधिक गतिविधि कम गर्न स्थानिय प्रहरी प्रसासन मार्फत नियन्त्रणजन्य योजना बनाई कार्यान्वयनमा ल्याएको
६०.स्थानिय मेला,जात्रा र महोत्सव लाई पालिका मातहतमा ल्याई अझै परिमार्जित र सुरक्षित बनाउन कार्यबिधी तयार गरि लागू गरेको
६१.नेपाल सरकार सङ्ग नबाझिने गरि दर्जनौ ऐन र निर्देशिका अनि कार्यबिधी तयार गरि लागू गरेको
६२.गरिबिको रेखामुनी रहेका घरपरिवार पहिचान गरि विभिन्न अप्ट्यारो पर्दा पालिका बाट नगद/जिन्सी सहयोग गरेको
६३.सामुदायिक बन र सरकारी बनजंगल को संरक्षण का लागि आबस्यक योजनाका साथ काम गर्ने गरेको
६४.बजार अनुगमन लाई पटके रुपमा गरि आबस्यक निर्देशन दिने गरेको
६५.प्राकृति साधन र श्रोत हरुको जथाभावी दोहन रोक्न नेपाल सरकारको नीति अनिसार IE गरेर मात्र ठेक्का दिई अनुगमन गर्ने गरेको
६६.सरकारी बिध्यालयको पढाईलाई सहज र गुणस्तरीय बनाउन बिध्यालय हरुमा करोडौं बजेट बिनियोजन गरि आबस्यक कार्यक्रम बनाई कार्यान्वयन गरेको
६७.बित्तिय अनुशासन लाई कायम राख्न मातहतका निकायहरुमा विशेष निगरानी र अनुगमन गर्ने गरेको
६८.पालिका भित्र हुने र हुन सक्ने सडक दुर्घटना र भबितब्यबाट धनजनको क्षती हुन नदिन र तत्काल उद्दार गर्न छुट्टै टिम बनाएर परिचालन गर्ने ब्यबस्थापन मिलाएको
६९.पालिकाको खर्च मितब्ययी बनाउन फजुल खर्चमा अत्यावश्यक मात्र बजेट बिनियोजन गर्ने गरेको
७०.हरेक बर्षाद पछि र अन्य समयमा अबरुद्द सडक खुलाउन र तत्काल सो सम्बन्धि काम गर्न पालिकाले आफ्नै JCV खरिद गरि आबस्यक र नियमित रुपमा परिचालन गर्ने गरेको
७१.आयुर्वेदिक उपचारका लागि १ वटा आयुर्वेदिक उपचार केन्द्र स्थापना गरि संचालनमा ल्याएको
७२.मसानघाट र अन्य सार्वजनिक स्थानहरुमा मानिसहरू आराम गर्नका लागि दर्जनौ प्रतिक्षालय स्थापना गरेको
७३.नगरपालिकामा प्राथमिक उपचार कक्ष र स्तनपान कक्ष स्थापना गरि संचालनमा ल्याएको
७४.सरकारी बेरुजु घटाउन आबश्यक ब्यबस्थापन मिलाएको
७५.पालिकाले बर्ष भरी गरेका कामहरु सार्बजनिक गर्न र सुशासन स्थापना गर्न नियमित सार्बजनिक सुनुवाई गर्ने गरेको
७६.सेवाग्राही हरुलाई छिटो र छरितो सेवा दिन सम्पुर्ण सार्वजनिक कार्यालय हरुमा नागरिक बडापत्र राखिएको
७७.स्वास्थ्य संस्थाहरुमा नियमित रुपमा मधुमेह र उच्च रक्तचाप जाँच गर्ने ब्यबस्थापन मिलाएको
७८.नगरपालिका लाई सबैले अपनत्व महसुस गरून् र सेवा लिन आउन भन्ने हेतुले सेवाग्राही र सेवा प्रदायक बिच दोहोरो संबाद र गुनासो अनि संबाद का लागि आबस्यक ब्यबस्थापन मिलाएको
ओली गुर्भाकाेटका कांग्रेस नेता हुन ।