नेपालगन्ज- माओवादी केन्द्रबाट नेपालगञ्ज उपमहानगरपालिका मेयरका दाबेदार नन्दलाल वैश्य राप्रपा प्रवेश गरेका छन् ।
सत्तारुढ गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर जसपालाई दिने गरी काठमाडौंमा सहमति गरेपछि वैश्यले माओवादी केन्द्र छाडेका हुन् । भर्खरै एक कार्यक्रमबीच वैश्य राप्रपामा प्रवेश गरेका हुन् । उनी गठबन्धन तोडेर भए पनि माओवादीले मेयरमा उम्मेदवारी दिनुपर्ने पक्षमा थिए ।

वैश्य माओवादी केन्द्रबाट नेपालगञ्ज उद्योग व्यापार संघको अध्यक्ष र महासंघका केन्द्रीय सदस्यसमेत भइसकेका स्थानीय व्यवसायी हुन् । वैश्य समुदायमा उनको पकड छ । उनको राप्रपा प्रवेशले नेपालगञ्ज उपमहानगरपालिकाको चुनावलाई बहुपक्षीय प्रतिस्पर्धामा धकेलेको छ ।
राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाका अनुसार, वैश्य राप्रपाका तर्फबाट उपमहागरको मेयर उठ्ने सम्भावना छ । ‘उहाँ पार्टी प्रवेश गर्नुभएको छ । अब पार्टीले आवश्यकता अनुसार जिम्मेवारी दिनेछ,’ देवकोटाले भने, ‘मेयरमा पनि उठाउनसक्छ ।’
२०७४ को स्थानीय चुनावमा राप्रपाका धवल शमशेर राणा नेपालगञ्जको मेयर विजयी भएका थिए । राप्रपाको संगठनको बलभन्दा राणाको व्यक्तित्वका कारण सो सफलता हात लागेको धेरैको विश्लेषण थियो । त्यसैले राणाको कार्यकाल सकिँदा राप्रपाबाट मेयरका उम्मेदवार मैदानमा खासै देखिएका थिएनन् । यस्तोमा उद्योग व्यापार संघका अध्यक्ष भइसकेका वैश्यको प्रवेशले राप्रपालाई राहत मिलेको छ ।