नेपालगन्ज – नेकपा एमालेबाट नेपालगन्ज उपमहानगरपालिकाकाे उपमेयरकाे उम्मेदवार शान्ति ढकाल सामाजिक आन्दोलनको अगुवा हुन ।
चितवन जन्मथलो भएकी शान्ति ढकाल २०३६ सालको विद्यार्थीबाट आन्दोलन राजनीतिक जीवन सुरु भएको हो।राष्ट्रिय पञ्चायतको निर्वाचमा जनपक्षिय उमेदवार जिताउन सांस्कृतिक टिम रहेर प्रचार प्रसारमा खटेकी थिइन। २०४४ देखि करिव डेढ वर्ष भारतको हरियाणा राज्यमा एउटा प्यारा सिटामोल कम्पनीमा मजदुरको भुमिकामा रही भारत प्रवासको समेत सानो अनुभव छ ।
२०४५ को अन्त्य तिर स्वदेश फर्की चितवनको माडीबाट २०४६ को जनआन्दोलनमा सहभागी रहिन । २०४७ सालको परिवर्तन पश्चात नेपालगन्ज वसाँई सराई गरि बाँकेको नेपालगन्ज-२० राँझा एयरपोर्ट मनिकापुरमा स्थायी रुपले बसाेबास छ ।
एयरपोर्टमा सानो घुम्ती पसल बाट आफ्नो जिविकोपार्जन गरिरहेकि ढकालले करिव दुई वर्ष मध्यपश्चिम ग्रामीण विकास वैंकमा फिल्ड सहायक पदमा रहेर काम गरेको अनुभव पनि छ । त्यसै दौरानमा २०५२ सालमा विधिवत पार्टी संगठित सदस्यता प्राप्ति सँगै ईलाका कमिटी को सदस्य बनिन् लगत्तै भएको जिल्ला अधिवेशन बाट जिल्ला कमिटीको सदस्य बन्न सफल भई लगातार तीन कार्यकाल जिल्ला कमिटी सदस्य भएर ईलाका ईन्चार्जको भुमिका निर्वाह गरिन।
भेरी अञ्चल सम्वनय कमिटीमा छिर्न सफल रहेकी शान्ती देवी ढकाल सँग लामो सांठनिक अनुभव छ।
यस बिचमा उनी पार्टीका भातृसंगठनहरु होटल व्यवसायी बाँकेको संस्थापक सचिव पनि हुन् । त्यस्तै अ ने म संघको जिल्ला हुदै हाल केन्द्रीय सचिवालय सदस्यको जिम्मेवारीमा छन्।
सामाजिक क्षेत्रमा पनि उनको उत्तिकै ठूलो योगदान छ।शान्ति ढकालले महिला उपकार मंच कोहलपुरमा लामो समय अध्यक्ष पदमा रहेर काम गर्दा सयौं महिला हिंसाका घटनाहरु हेरेर पिडित लाई न्याय र पिडकलाई सजाय दिलाउन सफल रहेको छ ।
हाल उक्त संस्था घ वर्गको उपकार लघु वित्त वित्तीय संस्था को संचालक समितिको अध्यक्षको भुमिकामा पनि कार्यरत छन्। यसरी हेर्दा उनीमा आर्थिक , प्रशासनिक र न्यायिक क्षेत्रमा पनि राम्रो अनुभव रहेको छ।
यिनै संस्थामा रहदा संस्थाका तर्फबाट अन्तर्राष्ट्रिय गोष्ठीमा भाग लिदा भारत,बंगलादेश,दुवई,थाइल्यान्ड र फिलिपिन्स को भ्रमण गरि विदेशको केही अनुभव पनि उनी सँग छ।उनी नेपाल रेडक्रस सोसाइटी को आजिवन सदस्य,लायन्स क्लव अफ नेपालगन्ज सिद्दिविनायकको सदस्य पनिछन्।
२०६२-६३सालको जनआन्दोलनले ल्याएको परिवर्तनसँगै नेकपा एमालेको पाँच नम्बर प्रदेश कमिटीको सदस्यमा रहेर काम गर्दै आएकि ढकाल हालै चितवनमा सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य तथा बाँके जिल्ला कमिटीको सह इन्चार्ज को भुमिकामा रहेकीछन्।