शिक्षा – शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाइनेछ
१.शिक्षामा गुणस्तर अभिवृद्धि गर्न सामुदायिक तथा निजी विद्यालय समेतका शिक्षकलाई नियमित उच्च गुणस्तरिय तालिमको व्यव्स्था गरिनेछ ।
२. र्स्माट कक्षा लाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गरिनेछ ।
३. मदरसाको शिक्षालाई अन्य विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरी सुधार गर्न विशेष कार्यक्रम संचालन गरिनेछ ।
४. आफ्नै मातृ भाषामा पढन चाहने बालबालिकाहरुका लागि अवधी लगायत मातृभाषामा प्राथमिक शिक्षा पठनपाठनको व्यवस्था आरम्भ गरिनेछ ।
५.प्रारम्भिक बालविकासलाई व्यवस्थित र प्रभावकारी बनाइनेछ ।
६. बिद्यालयहरुमा पुस्तकालयको व्यवस्था (इ–लाइब्रेरीसमेत), खेलकुद मैदान निर्माण, स्वच्छ खानेपानी, सफा शौचालय, थप विद्यालय कक्षा कोठा र विद्यार्थीका निश्चित अनुपातमा शिक्षकको व्यवस्था गरिनेछ ।
७. बालिकामैत्री शौचालयको व्यवस्था गरी हरेक विद्यालयमा स्यानिटरी प्याड भेन्डिंग मेशिनको प्रबन्ध मिलाइनेछ ।
८. विद्यालय व्यवस्थापन समितिको प्रभावकारी प्रबन्ध, अभिमुखीकरण र जवापफ्देहिता बृद्धि गरी सरकारी बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार गरिनछ ।
९. नेपालगन्जको गर्मी मौसमलाई ध्यानमा राखेर कक्षा कोठाहरुलाई संभब भएसम्म शितल बनाउनकालागि प्यासिभ कुलिब टेक्निक प्रयोग गरिनेछ ।
१०. त्यसका लागि बिद्यालय भबनको छानामा सोलार प्लानल जडान गरि छतमा सोझै घाम लाग्न नदिएर चिसो बनाइनेछ र बढी घाम पर्ने क्षेत्रमा छाया पर्ने गरी उपयुक्त जातका बिरुवाहरु रोपिनेछ ।
१२. प्रत्येक विद्यालयमा आवश्यकताअनुसार प्राविधिक धार तथा कम्प्युटर प्रयोगशालाको सुनिश्चितता गरिनेछ ।