समृद्ध नेपालगन्जकाे यी एजेन्डा सहित एमालेका उम्मेदवार घरदैलोमा


नेपालगन्ज – नेकपा एमाले नेपालगन्ज उपमहानगर समितिले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुदैछ ।

प्रतिवद्धतापत्रमा भेरी अस्पताललाई पोस्ट ग्राजुयट इन्स्टिच्युट अस्पतालको रुपमा विकसित गर्न प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने, राप्ती नदीबाट लिफ्ट गरेर प्रशोधन गरी घरघरमा शुद्ध खानेपानीको सेवा दिने, मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल तथा साइकल लेनको व्यवस्था गर्ने, नेपालगन्ज-भैरहवा तथा नेपालगन्ज-भरतपुर नियमित उडान सञ्चालन गर्न पहल गर्ने, वपत तथा महामारी विरुद्ध सचेतता अभिवृद्धि गर्ने लगायत कुरा समेटिएको छ ।

यस्तै स्मार्ट कक्षालाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गर्ने, बहिरंङ सेवामा ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य विमामार्फत १ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइने लगायत रहेका छन् । सो क्रममा एमालेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र, उप-मेयरका उम्मेदवार शान्ति ढकाल लगायत नेताहरुको उपस्थित भएका थिए ।

प्रकाशित मितिः     ९ बैशाख २०७९, शुक्रबार १८:४६  |