नेपालगन्जमा मुख्य दलहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन


नेपालगन्ज – मुख्य दलहरुनै नेपालगन्जमा निर्वाचन आचारसंहिता बिपरित चुनाव प्रचारप्रसारमम लागेका छन् ।  मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगले आचारसंहिता लागू गरे पनि ठुला दलले त्यसकाे धज्जि उडाएका छन् ।

ठूला राजनीतिक पार्टीले नै आचारसंहिताको व्यापक उल्लंघन गरेका छन् । सार्वजनिक स्थलमा राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री राख्न नपाउने भनिए पनि त्यसको पालना भएको छैन । ऐतिहासिक, सांस्कृतिक र धार्मिक स्थललाई दलहरुले प्रचारको थलो बनाएका छन् ।

शुक्रबार गृह प्रशासनका अधिकारीसागै मुख्य निर्वाचन अधिकृतले राजनीतिक पार्टीका नेताहरुलाई कार्यालयमै बोलाएर  आचारसंहिता विपरित टाासेका प्रचार सामग्री तत्काल हटाउन आग्रह गरेका छन् ।

बाकेसगै पश्चिम तराईका जिल्लामा आचारसंहित विपरित निर्वाचन प्रचार सामग्री सार्वजनिक स्थलमा टास्ने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण सूचना प्रवाह गर्ने कार्य तीब्र भएपछि गृह प्रशासन र निर्वाचन अधिकृतहरु सचेत देखिएका छन् ।

सार्वजनिक स्थलबाट पोस्टर, झण्डा, निर्वाचन चिहृन हटाउने तयारी भईरहे पनि सामाजिक सन्जfलबाट गरिदै आएका आचारसंहिता विपरितका कार्य नियन्त्रण गर्न भने आयोगको ध्यान पुगेको देखिादैन ।

प्रकाशित मितिः     १० बैशाख २०७९, शनिबार १५:५७  |