माओवादीले भन्याे- नेपालगन्जकाे मेयर उपमेयर सहित २३ वडामा उम्मेदवारी दिन्छौं


नेपालगन्ज -नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले गठबन्धनकाे भावना बिपरित वडास्तरमा एक्ला-एक्लै चुनाव लड्नुपर्ने आरोप लगाउदै नेकपा माओवादी केन्द्रले नेपालगन्ज उपमहानगरपालिकामा एकल उम्मेदवारी दिने भएको छ ।

केन्द्रीय सहमति अनुसार, नेपालगन्जकाे मेयर कांग्रेस र उपमेयर समाजवादीकाे भाग परेकाे छ । मेयर- उपमेयर पाएका दलले वडा तहमा भने निर्वाचन एक्लै लड्नुपर्ने भनेपछि माओवादी रुष्ट भएको हाे ।

माओवादी नगर अध्यक्ष रतन शाहीले प्रमुख र उपप्रमुख पद पाउँदा बित्तिकै घमण्ड र अहंकार पैदा भएका कारण नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको औचित्य समाप्त भएको बताए ।

गठबन्धनको नाममा अरुको लागि माओवादीले आफ्नो पार्टी संगठनको अस्तित्व समाप्त पार्ने कुरा हुनै नसक्ने शाहीकाे भनाइ छ ।अब नेकपा ( माओवादी ) केन्द्र एकल रुपमा निर्वाचनमा होमिने उनले बताए । मेयर र उपमेयर नपाएको माओवादीले नेपालगन्जमा २३ मध्ये १५ वडाहरुमा दावी परेकाे छ ।

प्रकाशित मितिः     १० बैशाख २०७९, शनिबार १७:०७  |