नेपालगन्जकाे पर्यटन विकासमा एमाले उम्मेदवारकाे याेजना


पर्यटन पूर्वाधार विकासमा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र र उपमेयर उम्मेदवार शान्ति ढकालकाे याेजना :-

१. प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि, तथा मनोरञ्जन पर्यटनलाई प्रबर्द्धन गरिनेछ ।
२. भई रहेका ताल तलैया ( कान्ति ताल, रानी तलाउ, वाटरपाकर् लगायत अन्य), बगैंचा तथा पार्कहरूको सौदं यीर्करण, विकास र व्यवस्थापन गरिनेछ।
३. होटल, रेष्टुरेन्ट, होम स्टेको प्रवर्द्धन गरिनेछ ।
४. जमुनाहा नाकाको पर्यटन सुचना केन्द्रलाई प्रभाबकारी बनाइनेछ ।
५. नेपाली भुमिबाट कैलाश मानसरोबरको दर्शनका लागि नेपालगन्जबाट चार्टर माउन्टेन फ्लाइट संचालनकालागि पर्यटन ब्यबसायीहरुसंग समन्वय गरिनेछ।
६. विदेशी तथा स्वदेशी पर्यटकलाई नेपालगन्ज र वरिपरिका पर्यटकीय गन्तव्यको सूचना दिन जानकारीमूलक वेभसाइट बनाइनेछ ।
७. नेपालगन्ज–भैरहवा तथा नेपालगञ्ज–भरतपुर नियमित उड़ान सञ्चालन गर्न पहल गरिनेछ ।
८. नेपालगन्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा विकास गरी नेपालगन्ज–दिल्लीको नियमित उड़ान संचालनका लागि पहल गरिने छ ।

प्रकाशित मितिः     १० बैशाख २०७९, शनिबार २१:०७  |