नेपालगन्ज – २०५४ सालमा तत्कालिन होलिया गाविसको अध्यक्ष निर्वाचित भएर उदाहरणीय काम गरेकी सरोजकुमारी यादव २०७९ साल बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा डुडुवा गाउँपालिकाको अध्यक्ष पदकी उम्मेदवमर भएकी छन् ।
नेकपा एमालेको तर्फबाट यादव अध्यक्ष र युवा नेता शकिल खान उपाध्यक्ष पदका उम्मेदवार हुन । यसअघि अध्यक्ष पदको उम्मेदवार रहेका खान आफै अग्रसर भई महिला नेतृ यादवलाई पालिका अध्यक्ष उठाउनुमा रणनीतिक महत्व रहेको छ ।
यादव समुदायको मतको बर्चश्व कायम गर्ने मात्र होइन यादवको पुस्तैनी राजनीतिक बिरासतले पनि एमालेलाई आगामी निर्वाचनमा डुडुवामा फाईदा गर्ने एमाले डुडुवाका कमिटिका अध्यक्ष समेत रहेका खान बताउँछन् ।
उनी भन्न्छन्–‘डुडुवामा एमालेले सरकार बनाउँछ । जनताले हामीलाई जिताउँछन् ।’ सरोजकुमारी यादवका श्रीमान बिजय यादव डुडुवाका राजनीतिक हस्ती हुन । श्रीमानकै पदचाप पछ्याउँदै सरोजकुमारी राजनीतिमा सक्रिय भएको भएपनि अहिले उनी आफैमा राजनीतिक निर्णय गर्ने सार्मथ्य छ ।
सरोजकुमारी गाउँका जस्तासुकै ठुला बिवादहरु आफै अग्रसर भएर मिलाउन सक्ने क्षमता राख्ने गरेकी छन् । २०५४ सालमा होलिया जस्तो बिकट गाविसको अध्यक्ष भएकी उन अब भने अत्यन्त शक्तिशाली मानिने स्थानीय तहको प्रमुख बन्ने तयारी छन् । त्यसका लागि गाउँ गाउँमा मत मागिरहेकी यादव जित्ने ढुक्क छिन् ।