प्रशान्त बिष्ट कांग्रेसको तर्फबाट नेपालगन्जमा मेयर उम्मेदवार


नेपाली काँग्रेसले नेपालगन्ज उपमहानगरपालिकामा नगर प्रमुखको उम्मेदवार प्रशान्त विष्टलाई बनाउने निर्णय गरेको काँग्रेस सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा नेपालगन्ज काँग्रेसको भागमा परेको थियो । काँग्रेसले वर्तमान नगर उपप्रमुख उमा थापा मगर, डा. सुरेश कुमार कनोडिया र प्रशान्त विष्टको नाम सर्ट लिष्ट गरेको थियो । पार्टी केन्द्रबाट नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेपनि सार्वजनिक भने गरिसकेको छैन ।


विष्ट नेपाली कांग्रेस नेपालगन्ज नगर सभापति पनि हुन् । काँग्रेस बाँकेका प्रेस सल्लाहकार नविन गिरीले सामाजिक सञ्जाल मार्फत उक्त कुराको
पुष्टि गर्दै विष्टलाई बधाई समेत दिएका छन् ।

प्रकाशित मितिः     ११ बैशाख २०७९, आईतवार २१:२२  |