यसपटक मतदाताले सहानुभूति राख्नुहुने छ,जितेपछि म निरास हुन दिन्न- मिश्र


नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयर पदमा पशुपतिदयाल मिश्र र उपमेयरमा शान्ति ढकालले उम्मेदवारी दिएका छन् । यस्तै वडा अध्यक्ष र सदस्यहरुले पनि उम्मेदवारी दिए ।

उम्मेदवारी दिएपछि बाेल्दै मिश्रले यसपटक नेपालगन्ज मतदाताले आफुलाइ निरास नबनाउने र जिताएर पठाए आफुले पनि  निरास हुने गरि काम नगर्ने बताए  । मिश्रले सहानुभूति मत पाउने अपेक्षा गरेका छन् ।

मिश्रले यसअघि प्रतिनिधीसभामा उठेका थिए भने सम्माजनक मत ल्याउदा पनि पराजित भएका थिए । यसपटक सगठन सुदृढीकरण सहित निर्वाचनमा हाेमिएका मिश्रले बलियाे पाेजिसन बनाएको एमालेको दावी छ । उम्मेदवारी दर्ताको क्रममा देखाएको शक्ति प्रदशनले एमाले उत्साहित छ ।

प्रकाशित मितिः     १२ बैशाख २०७९, सोमबार १७:०९  |